लन्डन । बेलायतमा चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको यात्रानुभव र बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा यही २७ जुलाई आइतबार उक्त कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन, हेल्थ एन्ड सेफ्टीबारे जानकराी र अन्तरक्रियाको सहजीकरण सूर्य गुरुङले गरेका थिए । उपस्थित विभिन्न व्यक्तिहरुले प्रितमको जीवन र ५० वटा फिल्मी यात्राबारे प्रश्न सोधेका थिए ।
जिज्ञासा राख्नेहरुमा तमुधीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरूङ, पूर्वअध्यक्ष ज्ञाम गुरूङ, गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ, चार घरे आमा समूहकी गुड्डु गुरूङ, अन्यमा विजय गुरुङ, हितमान गुरुङ, भेगलाल गुरुङ थिए ।


समाजसेवी तथा चलचित्र निर्माता ओमेन्द्र गुरुङले संयोजन गरेको कार्यक्रममा केक काटेर सेलेब्रेसन गरिएको थियो । स्कटल्यान्डमा आयोजित नेपाल इन्डिजिनस फिल्म फेस्टिभल २०२५ मा गुरुङ चलचित्रका नायक तथा निर्देशक प्रितम गुरुङले 'बेस्ट डाइरेक्टर'अवार्ड जितेकोमा पनि सबैजनाले सम्मानसहित बधाई ज्ञापन गरे ।
उक्त अवसरमा नेपालबाट आएका चर्चित गायिकाहरु सविना गुरुङ, पवित्रा गुरुङले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, तमुधीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरूङ, पूर्वअध्यक्ष ज्ञाम गुरूङ, तमु प्ये ल्हु संघ यूकेका सचिव भेगलाल गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, सूर्य गुरुङ, सहसम्पादक प्रकाश गुरुङ, हरिकाजी गुरुङ,श्रीप्रसाद गुरुङ, विजय गुरुङ, टकमाया गुरुङ, माया गुरुङ, विष्णु गुरुङ, धनमाया गुरुङ, शान्त गुरुङ, प्रितमको पहिलो फिल्म पातेँका नायिकाहरु विनिता गुरुङ र अनिता गुरुङ, गणेश गुरूङ, पूर्ण गुरूङ, चार घरे आमा समूहलगायत थुप्रे संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र शुभचिन्तकहरुको उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा चलचित्रकर्मी प्रितमले आयोजक, उपस्थित सबैलाई धन्यवाद दिए । उनी बेलायतमा आफ्नो ५० औं चलचित्र 'मुख्या' प्रिमियर र नेपाल इन्डिजिनस फिल्म फेस्टिभलका लागि आएका थिए ।
उनको चलचित्र अल्डरसटमा ११ जुलाईमा रेड कार्पेट शो भएको थियो । यस्तै चलचित्र मुख्या १३ जुलाईमा रिडिङ प्रदर्शन गरिएको थियो । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो । प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल्ममा टिकाराम घले, बिस्नु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ ।
चलचित्र प्रदर्शनको संयोजन समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङले गरेका छन् । प्रितम ३ जुलाई राति बेलायत आएका हुन् ।
