केन्ट । नेपाली नृत्यकला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गरिरहेका रोशन गुरुङ चर्चित रियालिटी सो ‘मेरो डान्स युनिभर्स सिजन २’ मा प्रतिस्पर्धा गरिरहेका छन् । हाल उनी प्रतियोगिताको उत्कृष्ट १३ मा पुगेका छन् ।
नेपाल टेलिभिजनबाट हरेक आइतबार र सोमबार प्रसारण हुँदै आएको प्रतियोगिता अहिले भोटिङ चरणमा प्रवेश गरिसकेको छ । गुरुङलाई भोट गरेर अघिल्लो चरणमा पुर्याउन गुरुङ सोसाइटी केन्ट यूकेले अनुरोध गरेको छ । भोट गर्ने समय बुधबार साँझसम्म मात्र रहेका गुरुङलाई भोट गरेर अर्को चरणमा पुर्याउन सोसाइटीका अध्यक्ष गोलमान गुरुङले सबैमाझ अपिलसमेत गरेका छन् ।
तनहुँको दुलेगौँडा, स्थायी घर भई हाल बेलायतको आसफोर्ड, केन्टमा बसोबास गर्दै आएका रोशन गुरुङ सोसाइटी केन्ट यूकेका मिडिया सहायक सचिवसमेत हुन् । रोशनले यस प्रतियोगितामार्फत आफ्नो नृत्यकला, अनुशासन, समर्पण र मौलिकता झल्काउँदै नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सफल भएका छन् ।
सोमबार एपिसोड २० अन्तर्गत ‘ओल्ड इज गोल्ड’ राउन्डमा रोशनले दमदार प्रस्तुति दिएका थिए । जसले दर्शक र निर्णायकलाई समान रूपमा प्रभावित पारेको थियो । उनका अघिल्ला प्रस्तुति पनि उस्तै अब्बल रहेका छन् । रोशनले नृत्यमार्फत सबैको मन जित्दै आएका छन् ।
‘अबको तपाईंको एक भोटले रोशनको नृत्य यात्रा अझ अगाडि बढ्न सक्छ । त्यसैले भोट गरेर हाम्रो कलाकार, हाम्रो संस्कृति र हाम्रो पहिचानलाई बलियो साथ दिऊँ,’ अध्यक्ष गुरुङले अनुरोध गरे ।
प्रतियोगिताको विजेताले १ करोड, उपविजेताले ३० लाख, तेस्रो हुनेले १० तथा उत्कृष्ट १० मा पर्नेले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
भोट कसरी दिने?
विदेशका दर्शकका लागि (मोबाइल एपमार्फत):
1. MY INTRA एप डाउनलोड गर्नुहोस् ।
2. Mero Dance Universe खोल्नुहोस् ।
3. Roshan Gurung को प्रोफाइलमा जानुहोस् ।
4. इच्छाअनुसार भोट संख्या छान्नुहोस् ।
नेपालका दर्शकका लागि (SMS मार्फत):
टाइप गर्नुहोस: MDU 13
पठाउनुहोस: 37000 मा
यदि तपाई आफै भोट गर्न सक्नुहुन्न भने Esewa वा मोबाइल बैंकिङ मार्फत सहयोग गर्न सक्नुहुन्छ ।