लन्डन । नायक तथा निर्देशक प्रितम गुरुङ आफ्नो ५० औं फिल्म 'मुख्या' लिएर बेलायत आउने भएका छन् । चलचित्र प्रिमियर र प्रदर्शनका लागि तमुधीं यूकेको निमन्त्रणामा नायक गुरुङ बेलायत आउन लागेका हुन् । स्रोतका अनुसार उनको भिसा लागिसकेको छ तर कुन दिन आउने भन्ने यकिन भइसकेको छैन ।
गुरुङ चलचित्र मुख्या आगामी ११ जुलाईमा अल्डरसट, १३ जुलाई रिडिङ र १९ जुलाईमा स्कटल्यान् मा प्रिमियर हुँदैछ । मुख्या फिल्म, पारिवारिक कथामा बनेको सामाजिक चलचित्र हो ।
प्रितम गुरुङको लेखन, निर्माण, निर्देशनमा बनेको फिल् मा टिकाराम घले, बिस्नु गुरुङ , रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
गणेश गुरुङको गीत, दीपक गुरुङको संगीतमा पबित्र गुरुङ, दीपक गुरुङको स्वर रहेको छ ।
प्रितमको फिल्मी बेलायत यात्रा, यो तेस्रो पटक हो । नुमा फिल्म (२०२२), रिपा फिल्म (२०२३) र अहिले मुख्या (२०२५ )।
समाजसेवी तथा तमुधीं यूकेका सल्लाहकार ओमेन्द्र गुरुङको आयोजना, चारघरे आमा समूहको सहयोगमा मुख्या फिल्म प्रदर्शन हुनेछ ।
प्रितम पहिलो पटक २०२२ को अन्त्यमा नुमा फिल्म प्रदर्शनका लागि बेलायत आएका थिए ।