Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
साहित्य
  • Home
  • साहित्य
  • सम्झिरहेकी छु रसिक दाइ ! [निबन्ध]
सम्झिरहेकी छु रसिक दाइ ! [निबन्ध]
जानु कम्बाङ लिम्बु
जानु कम्बाङ लिम्बु आइतबार, जेठ १८, २०८२

हिजोको हरेक कुरो याद आउँछ, भोलि हुने केही कुरो थाहा हुँदैन । त्यसैले हिजोको दिन सम्झेर आज जिउने हो । कल्पनामा अतीत थन्काएर अघि बढ्ने मान्छेको जीवन झुल्के घाम जस्तै कुन दिन कुन गोधूलिमा छाया भै अस्ताई जान्छ थाहै नहुने रहेछ । भर्खरै संगीतकार अशोक लोहोरुङ राईको फेसबुक वालमा गणेश रसिक दाजुको निधनको खबर देखेँ । एकदम दुख लाग्यो दाजुले यति चाँडै छाडेर जानु हुन्छ जस्तो लागेको थिएन ।

केही महिना अघि उहाँको किताब ‘अभ्यर्थना ग्रन्थ’ पढ्न मन लागेर मैले कवि भाइ राजा माबोलाई उहाँको निवासमा पठाएकी थिएँ । भाइले त्यहीँबाट भिडियो कल गर्नुभयो र दाजुसँग पनि दुई शब्द बोल्ने मौका पाएथेँ । मलाई के थाहा ? त्यही भेट नै अन्तिम बातचित हुन्छ भनेर । दाइ म चाँडै छुट्टी आउँछु र भेट्न आउँछु भनेथे दाइले खुसी हुँदै ‘हुन्छ बहिनी’ भन्नु भएको थियो । दाइसँग भेट्ने इच्छा अधुरो रह्यो ।

यतिबेला सम्झिँदै छु, दाजुको अति चर्चित संस्मरण ‘दशगजामा उभिएर’ दाइको यो पुस्तक कहाँबाट पाएँ त्यो बेला थाहा भएन । अहिले पनि त्यो किताब पठाउने व्यक्तिको नाम सम्झने कोसिस गर्दैछु तर याद आइरहेको छैन । त्यो पुस्तक मैले बेलायतमै हुँदा पढेको हो त्यसैले शशी लुमम्बुज्युले पठाउनु भएको हो कि जस्तो लाग्छ । किनभने उहाँ है हुनुहुन्छ मलाई नेपालबाट किताब उपहार पठाइरहने । 

‘दशगजामा उभिएर’ जस्तो संस्मरण बिरलै पढ्न पाइन्छन् । कतिपय लाइनहरूले म धेरै पग्लिएकी थिएँ । दाजुले गाउँ छाडेपछिको डेरा सराई, तराई राजविराजतिरको संघर्षहरू सम्झिँदा मात्र पनि सिरिंग हुन्छ मन । घुँक्क-घुक्क बनायो कतिपय सन्दर्भहरूले । त्यसरी रुँदै पढेका किताब र रुँदै हेरेका सिनेमाहरूले नै मनमा अमित छाप मात्र छाड्दैनन् स्मरणमा अमर भएर पनि बस्दा रहेछन् । पढिसकेका सबै पुस्तकहरू बेलायतमै छाडेर आएकीले त्यो पुस्तक अहिले मसँग छैन। धेरै पहिले नै पढेको भएर धारावाहिक रूपले स्मरण गर्न पनि सकिनँ । किताब नलिई आएकोमा पछुतो लाग्यो कारण मलाई फेरी एकपल्ट पढ्ने विचार आयो आज दाजुको सम्झनामा ।  

Sanvi jeeler
Maoustail service

दाजुसँगको पहिलो भेट २०७२ सालमा मेरो पहिलो कविता कृति ‘शिविरमा ईश्वर’ र गीति एल्बम ‘अनुभव’ विमोचन समारोहमा भएको थियो । उक्त्त कार्यक्रममा भाइ सरोज केसी र कवि शशी लुमुब्बूले दाइलाई प्रमुख अतिथि बोलाउनु भएको थियो । जुन बेला देश भूकम्पपछिको नाकाबन्दीको चपेटामा थियो । मैले त्यहाँ पहिलोपल्ट प्रत्यक्ष रूपले दाइलाई भेट्न पाएँ । उहाँका लागि दोसल्ला र ताम्रपत्र बनाउन लगाएकी थिएँ सरोज भाइलाई । दाइलाई सम्मान गर्ने ठूलो रहर त्यहाँ पूरा गरेँ। मेरो त्यो कार्यक्रममा इलामै ‘शहर चियाबारी राम्रो’ गीतको संगीतकार आदरणीय दाइ बुलु मुकारुङ विशेष अतिथि हुनुहुन्थ्यो । मैले उही गीतको गीतकार गंगाराज मुकारुङलाई पनि निम्तो त गरेकी थिएँ तर उहाँ जागिरको सिलसिलामा राजधानी बाहिर भएकोले अनुपस्थित रहनुभयो । गणेश रसिक दाजु प्रमुख अतिथि, बुलु मुकारुङ दाइ विशेष अतिथि र सांसद गणेश काम्बाङ मेरो बाजे कार्यक्रमको सभापति हुनुहुन्थ्यो । त्यसैगरी मरो एल्बममा   समेटिएका गीतहरूको समीक्षक भने गीतकार डा. कृष्णहरि बराल हुनुहुन्थ्यो।

जीवनमा पहिलोपल्ट सबै सम्माननीय स्रष्टा सर्जकहरूसँग भेट भएर म त दंग नै थिएँ । गणेश रसिक दाइले एकदम खुलेर मेरो प्रशंसा गर्नु भो र भविष्यमा अझै धेरै राम्रो-राम्रो लेख रचना ल्याउँदै जानु भनी आशीर्वाद दिनुभो । अग्रजहरूको उही आशीर्वादलाई शिरोपर गर्ने प्रयासरत छु । यसरी पटक-पटक रसिक दाइसँग भेट गराइदिनुमा शशी लुमुम्बूको निक्कै  ठूलो हात छ ।

आज दाजुको निधनको खबरले स्तब्ध छु तर भित्री मन दाजुको यादमा एकदम सक्रिय भैरहेको छ । ‘नचिन्दासम्म को हो को हो चिनेपछि माया मोह’ भने जस्तै त्यसपछिका दिनहरूमा दाइलाई पटक पटक दुख दिन्थेँ । सन् २०१८ मा मेरो दोस्रो पुस्तक कथा संग्रह ‘नउघ्रेको  जुन’ मा पनि भूमिका लेखाउने काम उहाँ लाई नै  दिएँ ।

जानी नजानी लेखेका मेरा कथाहरू पढेर भूमिका लेखिदिनु भयो, त्यसले पनि म मा ऊर्जा थपिएको महसुस गरेँ । तर उहाँले भने एउटा गुनासो पछिसम्म गरी रहनु हुन्थ्यो, बहिनीको कथामा भूमिका साह्रै हतारमा लेखाउनु भयो । मैले त्यत्रो २० वटा कथाहरू अल्टाई पल्टाई हेर्नु र केलाउनु पाइन । दाजुको यो गुनासो मुनासिब थियो किनभने छाप्ने बेला भइसक्दा अथवा सजिलो भाषामा भन्नुपर्दा (जिरो आवर) मा हामीले पाण्डुलिपि दिएका थियौँ । तर दाजुले त्यति हतारमा पनि सोचेभन्दा राम्रो भूमिका लेखिदिनु भयो । त्यसका निम्ति म दाजुको सदा ऋणी रहनेछु ।

rasik-nn-ee-new-1748793537.jpg
त्यसपछिका दिनहरूमा हामी कहिलेकहीँ सामाजिक सञ्जालमार्फत बोलिरहन्थ्यौँ कुरा गरी रहन्थ्यौ । दाजु मलाई सधैं हौसला दिइरहनु हुन्थ्यो । हाम्रा अग्रजहरूको दाँजोमा हामी कहिले पुग्न नसके पनि उहाँहरूको पदचाप  पछ्याउने कोसिस  गरिरहन्छौँ । म पनि उही हुलमा छु । 

सृष्टिकर्ताले सबैलाई आ-आफ्नै काम र जिम्मेवारीहरू दिएर धर्तीमा पठाएको हुन्छ होला सायद ! त्यसैले सबैको अलग अलग सीप रूप र ज्ञान आदि हुन्छन् । बाँचुन्जेल हामीले आफ्नै भागमा परेको ज्ञान बुद्धि र विवेकको धारमा उभिएर अग्रजहरूको किनारा छुँदै बग्ने मात्र हो जस्तो लाग्छ ।

रसिक दाइ गीतकार, संगीतकार, गायक तथा साहित्यकार पनि भएको हुनाले (अल इन वन) भन्दै पटकपटकको कार्यक्रममा दुःख दिन्थ्यौँ । अरूलाई बोलाउनु परे एल्बमका निम्ति एकजना किताबका निम्ति एक गरेर दुई जनालाई राख्नुपर्ने हुन्थ्यो । मेरो पहिलो कविता संग्रह र गीति एल्बम विमोचन गर्दा नाकाबन्दीले गर्दा सानो दुःख पाएनौँ । त्यो बेला सरोज केसी भाइले साह्रै ठूलो गुन लगाउनु भएको छ । त्यो बेला उहाँको बाइक र ब्ल्याकमा तेल किन्दै अन्तर्वार्ताहरूमा नकुदाएको भए मलाई जानु काम्बाङ् भनेर अलि ढिलै मात्र चिन्थे होलान्  । 

सवारी साधनको अभावले रसिक दाइलाई ल्याउन र लैजान पनि निकै हम्मे भएको थियो । त्यसबेलाको मेरो दुःखको आधा भार शशीजी र चर्चित रेडियो प्रस्तोता सरोज केसी भाइले उठाउनुभएको थियो ।

 त्यसपछि फेरि सन् २०२१ मा मेरो चौथो कृति नियात्रा संग्रह 'फ्लान्डर्स फिल्डमा तमोरका सुसेली' को विमोचनमा पनि भेट भो ।  जागिरबाट भनेजस्तो बिदा नमिल्ने हुनाले मेरो नेपाल बसाई जहिले छोटो हुने गर्छ । त्यही छोटो बिदामा मैले त्यो विमोचन सम्पन्न गर्नुपर्ने थियो । म माइती आमालाई भेट्न गएर अघिल्लो दिन मात्र झापाबाट आइपुगेकी मान्छे अलमल्ल थिए काठमाडौँमा । 

यो नियात्राको काम युवा कवि स्वप्निल स्मृति भाइले जिम्मा लिएर ठूलै गुण लाउनु भएको छ । उहाँले नै रसिक दाईलाई किताब दिएर वक्ता तथा प्रमुख अतिथिका निम्ति निम्तो दिनुभएको थियो । 

बिचरा ! भोलिपल्ट विमोचन आज किताब हात लाग्ने ? कत्रो तनाव त्यो म महसुस गर्न सक्छु तर म फर्किहाल्नु पर्ने हुनाले विमोचन गर्नै पर्ने थियो । तर दाइले मलाई पहिलेदेखि चिनिराख्नु भएकोले केही पाना पढेर मिलाईवरी बोल्नुभयो । त्यस बेला पनि कार्यक्रम सकिएपछि सुटुक्क कानमा ‘किताब कति राम्रो लाग्यो तर सबै पढ्नै पाइन । सबै पढेर बोल्नु पाएको भए राम्रो हुन्थ्यो, बिस्मात लाग्यो बहिनी’ भन्नुभयो । 

मलाई दाइको साह्रै माया लागेर आयो ‘सरी दाजु, भाइ व्यस्त भएर हो कि ! मैले त अस्ति नै दिनु भनेकी थिएँ’ भनेँ । त्यसपछि दाइसँग भेट भएको थिएन ।

आज रसिक दाइको निधनको खबरले उहाँका गीतहरू समेत याद आइरहेको छ। जसमा पनि विशेष गरेर यो गीत कहिलेकाहीँ गुनगुनाउने पनि गर्छु। धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ। नसम्झेमा कोही पनि छैन तिमीलाई देको मेरो माया धेरै सम्झे धेरै हुन्छ.........

गुनगुनाउनु पनि आनन्द प्राप्ति रहेछ । अग्रजहरूको गीत गुनगुनाउँदा आनन्द मिल्छ । गीत आफै लेख्ने, संगीत आफै भर्ने अनि गाउने पनि आफै ।  ईश्वरले जम्मै वरदान दिएको हो दाइलाई संघर्ष गरे अनुसारको जम्मै फल कमैलाई मात्र मिल्छ त्यो कम मध्येको एकजना अग्रज हाम्रो रसिक दाइ हो भन्ने मलाई लाग्छ । 

यतिका लामो जीवनकालमा उहाँले गरेका जम्मै कर्म अथवा सिर्जनाहरू हाम्रा लागि प्रेरणाका स्रोत हुन् । दाइको बारेमा अरू म के लेखौँ जति लेखे पनि कम हुन्छ निकै ठुलै हिम्मत बटुलेर यति पनि लेख्ने आट गरेकी हुँ । 

अब हामीले दाइलाई गुमाइसकेका छौँ । तर दाइका यी सृजनाहरू हामी माझ अमर भएर रहनेछन् । हामीले दाइलाई यिनै सृजना मार्फत सदा सदा सम्झिरहने छौँ । हार्दिक श्रद्धाञ्जली दाजु, तपाईंको यात्रा सफल होस् ।

ताप्लेजुङ, हाल हङकङ


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप साहित्य
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता] आइतबार, साउन ११, २०८२
एक जमानामा हामी पनि थियौं [कविता]
एक जमानामा हामी पनि थियौं [कविता] शनिबार, साउन १०, २०८२
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित मंगलबार, साउन ६, २०८२
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’ शनिबार, साउन ३, २०८२
देशको माया [गीत]
देशको माया [गीत] आइतबार, असार २९, २०८२
म जोर्डन आउँदिनँ [कविता] 
म जोर्डन आउँदिनँ [कविता]  आइतबार, असार २२, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्