Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • लुम्बिनीमा अन्तर्राष्ट्रिय आकाशा हिलिङ एन्ड वेलनेस रिट्रिट सम्पन्न
लुम्बिनीमा अन्तर्राष्ट्रिय आकाशा हिलिङ एन्ड वेलनेस रिट्रिट सम्पन्न
प्रकाश गुरुङ
प्रकाश गुरुङ सोमबार, वैशाख २२, २०८२

लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित पाँच दिने अन्तर्राष्ट्रिय आकाशा हिलिङ एन्ड वेलनेस रिट्रिट आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।

लुम्बिनी होटल होकेमा आयोजित रिट्रिट भिजनरी इन्टरनेसनलका प्रमुख मास्टर कन्सियसनेस कोच तथा एनएलपी मास्टर ट्रेनर इन्द्र गुरुङ, निर्देशक राजी श्रेष्ठ गुरुङ, हिलर रोनाल्ड गुरुङ तथा सहयोगीहरूको नेतृत्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा आकाशा कोचिङ एलायन्स का संस्थापक ज्याक मकानी र मकानी एकेडेमीकी ट्रेनर स्वीटलाना चारकोभास्काले प्रशिक्षण दिएका थिए । स्वीटलानाले रसियन र राजीले हिन्दीमा अनुवादकको भूमिका निर्वाह गरेकी थिइन् ।

रिट्रिटमा यूके, अमेरिका, स्पेन, सिंगापुर, भारत, रूस, कजाखस्तान, लिथुआनिया र नेपालबाट करिब ५५ जनाको सहभागिता थियो । सहभागीहरूमा मेडिकल डाक्टर, मनोवैज्ञानिक, उद्यमी, भेन्चर क्यापिटलिस्ट, आईटी प्रोफेसनल तथा शैक्षिक संस्थाका प्रमुखहरू थिए ।

494835304_1795541457673289_5030636400576398689_n-1746413154.jpg
रिट्रिट अप्रिल ३० मा सुरु भई मे ४ मा सम्पन्न भएको हो। कार्यक्रमले आकाशा हिलिङको बेसिकदेखि लेभल ९ सम्मको प्रशिक्षण समेटेको थियो । आकाशा एक अदृश्य शक्ति हो, जसले शरीर, मन र जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिन्छ ।

प्रत्येक बिहान योग प्रशिक्षक इन्द्रेणी शर्माको नेतृत्वमा योग सत्र हुन्थ्यो, साथै ओशो कुन्डलिनी तथा डाइनामिक मेडिटेसनमार्फत शरीर र मनको शुद्धीकरण गरिन्थ्यो ।

कार्यक्रमका मुख्य अंशहरू:

पहिलो दिन: आशाकाको आधारभूत ज्ञान प्रदान गरियो, साँझ मायादेवी मन्दिरको डुंगाबाट भ्रमण ।
दोश्रो दिन: आन्तरिक शुद्धीकरण (आकाशा क्लिन्जिङ) – सबैले अत्यन्त लाभदायक अनुभवको प्रतिक्रिया दिएका थिए ।
तेस्रो दिन: गुरुबाट दीक्षा कार्यक्रम सम्पन्न ।
चौथो दिन: सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने अभ्यास सत्र ।
पाँचौँ दिन: विश्व शान्ति स्तूपा सम्मको नेचर वाक, ब्रेकफास्टपछि थाई, चाइनिज, जर्मन र नेपालको मठ भ्रमण ।

मोनास्ट्री भ्रमणका क्रममा नेपाली मठमा भिक्षुहरूले आकाशा समूहलाई सामूहिक ध्यान गराएका थिए । कार्यक्रमको अन्त्यमा ज्याक मकानीले ‘जीवन सिर्जना’ सम्बन्धी प्रेरणादायी विचारहरू प्रस्तुत गरे। उनले आकाशा हिलरहरूले प्रकृतिसँग नजिक रहेर हल्का खाना खाने, प्रविधिको सदुपयोग गर्ने, अरूलाई सहयोग गर्ने र मन परेको काममा संलग्न हुनुपर्ने बताएका थिए ।

494356488_1138621474696140_2658475323104536556_n-1746413266.jpg
कार्यक्रममा भन्ते बज्रलाई आमन्त्रण गरी बुद्ध धर्मबारे शिक्षण र ध्यान सत्र गरिएको थियो । सहभागीहरूलाई भन्तेले आशिर्वाद स्वरूप लुम्बिनीको माटो र पीपलको पात प्रदान गरेका थिए ।

सत्र सफलतापूर्वक सम्पन्न भएपछि विभिन्न लेभल पार गरेका हिलरहरूलाई सर्टिफिकेट वितरण गरिएको थियो । रसियाबाट सहभागी मोल्दिर मेयरजाखेरमेटोभाको जन्मदिनसमेत विशेष रूपमा मनाइएको थियो । होटल व्यवस्थापन र स्टाफहरूको अतुलनीय सेवाप्रति सबै सहभागीहरूले आभार प्रकट गरेका थिए ।

आयोजक इन्द्र गुरुङले भने, ‘विश्वलाई नेपालमा ल्याऔँ, नेपाललाई विश्वमा चिनाऔँ।’ २०१३ सालदेखि नेपालमा सुरु भएको आकाशा हिलिङ यात्रा अहिलेसम्म ५०० भन्दा बढी हिलर उत्पादन गरिसकेको उनले बताए ।

494361414_719318643769032_3193013050794727940_n-1746413356.jpg
बुद्धभूमि लुम्बिनीमा पहिलो पटक यस्तो भव्य कार्यक्रमको सफल आयोजनाले नेपाललाई विश्व शान्ति र आध्यात्मिक यात्राको केन्द्रको रूपमा स्थापित गर्न सघाउने अपेक्षासमेत गरिएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन
कोशी सीप उत्सव: यादव, कोइराला र सोनाम बने स्किल्स आइकन आइतबार, जेठ ११, २०८२
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल भ्रमणमा आउँदै आइतबार, जेठ ११, २०८२
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि शनिबार, जेठ १०, २०८२
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने
काठमाडौँमा एभरेस्ट समिटर्स समिट: बेलायतसहित विभिन्न देशका आरोही सहभागी हुने शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार शुक्रबार, जेठ ९, २०८२
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र
एनआरएनएमा श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिन दूतावासलाई परराष्ट्रको पत्र बिहीबार, जेठ ८, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्