रेडिङ । नेपाली सांगीतिक आकाशमा चर्चामा रहेका गायक शीतल गुरुङ र गायिका विमला गुरुङ बेलायतको रेडिङ शहरमा गुन्जिने भएका छन् ।
बेलायतको सांगीतिक भ्रमणमा रहेका उनीहरूले यो हप्ता भने रेडिङमा प्रस्तुती दिन लागेका हुन् । यी दुईको सांगीतिक धमाका आगामी शुक्रबार (२८ मार्च) साँझ रेडिङको chillim kitchen and Lounge हुन लागेको हो ।
लोक तथा दोहोरी छेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका शीतलको ‘दिउला चिनो यूके लन्डनको’ गीत अहिले चर्चामा छ । नेपाल तथा बेलायमा रहेका दर्शक/श्रोताले यसलाई रुचाएका छन् ।
लाइभ दोहोरीमा उतिकै प्रखर शीतल नेपाली रियालिटी सो ‘कोल्गेट इमेज लोक कलाकार पब्लिक चोइस’का विजेतासमेत हुन् । उनले गाएका ‘यूके लन्डनको’, ‘हङकङ सिंगापुरको’, मन्दिर छ र देउतालाई पुजेको’, ‘वीर गोर्खाली लाहुरेको तक्मा छ’, ‘माया रिमै’, फुल राम्रो रानी वनैको’लगायत गीत चर्चित छन् ।
गायिका विमला ‘द भ्वाइस अफ नेपाल सिजन ५ की प्रतिस्पर्धी हुन् । नेपाली सुगम संगीत, लोक दोहोरी, गुरुङ तथा हिन्दी भाषाका गीतमा उनको दक्खल छ । सुरिलो स्वरकी धनी विमला नृत्यमा पनि अब्बल छिन् ।
रेडिङवासी तथा आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि आयोजकले अनुरोध गरेका छन् ।