काठमाडौँ । गायक पृथ्वी गुरुङ मौलिक कौडा चुड्का गीत लिएर बजारमा आएका छन् । गुरुङले ‘फूलको वासना’ बोलको चुड्का आफ्नै युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरेका हुन् ।
पृथ्वीको आफ्नै शब्द र संगीत रहेको गीतमा आवाज भने पृथ्वी र पुनम गुरुङको रहेको छ । यस्तै, क्या. रोशन गुरुङ, मनाङ गुरुङ, रुपी सिञ्जाली र प्रेमा रानाको पनि स्वर सुन्न सकिन्छ ।
म्युजिक एरेन्ज तेजेन्द्र दुरा तथा खैंजडीमा मनाङ गुरुङ रहेका छन् ।
म्युजिक भिडियोमा राजु गुरुङ र रुपा गुरुङको सुन्दर अभिनय रहेको छ । प्रमिशा गुरुङ, वर्षा गुरुङ, मनिषा गुरुङ, सोना गुरुङ, युषा गुरुङ, प्रिना गुरुङ, प्रिती गुरुङ, प्रिनिका गुरुङ, सुस्मिता गुरुङ, आयुष्मा गुरुङ र अमिना गुरुङले नृत्य गरेका छन् ।
मनाङ गुरुङकै निर्देशन/कोरियोग्राफी रहेको भिडियोमा राजेश घिमिरेले सिनेमाटोग्राफी गरेका छन् ।