काठमाडौं । आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौंको आयोजनामा तमू (गुरुङ) हरुको प्ये (शास्त्र) मा आधारित तमू (गुरुङ) चलचित्र ‘सिमी नासा (पितृ लोक)’ राष्ट्रिय नाचघर जमल काठमाडांैमा मंसिर २२ गते बिहीबार भव्यरुपमा प्रदर्शन भएको छ ।
चलचित्र प्रदर्शनको क्रममा बिशेष अतिथिको रुपमा तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष एवं वर्तमान संरक्षक प्रमुख रेशम गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष आरबि गुरुङ, तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका महासचिव डम्बर गुरुङ, तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका सचिव जिएस गुरुङ, मानव शास्त्री डा. टेक गुरुङ, वरिष्ठ पत्रकार अनिता गुरुङ, विभिन्न संघ संस्थाका प्रमुखहरु तथा प्रतिनिधिहरु, कलाकारहरु, पत्रकारहरु लगायत दर्शक श्रोताको बाक्लो उपस्थित रहेको थियो ।
उक्त चलचित्र तमु फिल्मस प्रा.लि.को व्यानरमा निर्माण भएको हो । चलचित्र राम्रो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । उनीहरुले चलचित्र एक पटक सम्पूर्ण तमु (गुरुङ) हरुले हेर्नु पर्ने चलचित्र बनेको बताएका छन् । चलचित्रमा आफ्नो दाजुभाईको सम्बन्ध, रगतको नाता, मृत्यु पश्चात् तमुहरु प्ये (शास्त्र), संस्कार र रितिरिवाजलाई दर्शाएको छ ।
चलचित्रका लेखक, निर्माता तथा सह–निर्देशक ई. रोशन गुरुङ, निर्देशक करन गुरुङ, निर्माण नियन्त्रण, निर्माता एवं छायाङ्गकार गंगाको गुरुङ, नायक भेष गुरुङ, नायिका बसन्ती गुरुङ, नायिका प्रतिमा गुरुङ, नायिका खुशी गुरुङ, कलाकार ओम गुरुङ, गायक तिलक गुरुङ, गायिका अनिता गुरुङ, गायिका निशा गुरुङ, निर्माता मेनुका गुरुङ रहेका छन् ।