हङकङ । तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको ‘तमु सांस्कृतिक साँझ-४’ का लागि नेपालबाट विभिन्न कलाकार हङकङ आइपुगेका छन् ।
हङकङ आएका कलाकारहरूमा कार्यक्रम प्रस्तोता बालकाँशी म्होब्जै तमुस्यो, लोक तथा दोहोरी गायक चिज प्हच्यु तमु, लोक तथा दोहोरी गायिका निर्जला टु-कल्हेप्री तमुस्यो, लोक तथा दोहोरी जालुमाया लम तमुस्यो, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिती सदस्य कोरियोग्राफ़र कमल चोर्मे तमु, उत्तम क्रोम्छै तमु, सुजन कोके तमु, स्नेह पंगीलम तमुस्यो, रजनी क्रोम्छै तमुस्यो र अनिका ल्हेगे तमुस्यो हङकङ आएका हुन् ।
उनीहरूलाई १९ नोमेम्बर २०२४ मा तमु प्ये ल्हु संघ हङकङले अन्तर्राष्ट्रिय विमानस्थलमा फूलको गुच्छासहित स्वागत गरेको थियो ।
तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनमहादुर क्रोम्छै तमु, गुरुङ एसोसिएसन हङकङका अध्यक्ष माया तमुस्यो, तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल स्याङजाली कान्छा, लमजुङ सेवा समितिको सचिव ओम तमु, सल्लाहकार चिजमान टु-कल्हेप्री तमु, उपाध्यक्ष हर्क क्रोम्छै तमुले विमानस्थलमा स्वागत गरेका थिए ।
त्यस लगत्तै क्होईबोधिमा एक रात्रिभोज आयोजना गरेर स्वागत तथा सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा सम्पूर्ण कलाकारहरुलाई एडभान्स स्वरूप HK$1000 पनि प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार क्या चन्द्रबहादुर तमु, विशेष अतिथि आमा समूहका अध्यक्ष रुपा तमुस्यो रहेका थिए । समाजका अध्यक्ष मनमहादुर क्रोम्छै तमुको अध्यक्षतामा भएको कार्यक्रम महासचिव महासचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए ।
तमु सांस्कृतिक साँझ-४ २४ नोमेम्बर आइतबार बेलुका हुँदै छ । यसको लागि तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । हङकङमा रहेका सबै नेपालीहरूलाई कार्यक्रममा उपस्थित भएर सफल र भव्य बनाइदिन पनि संघले अनुरोध गरेको छ ।