लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ । यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो । कार्यक्रम ग्रीनफोर्ड हलमा हुनेछ ।
प्रवेश शूल्क साधारण ४०, भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड निर्धारण गरिएको छ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रम नेपाली चर्चित फिल्मकर्मीको उपस्थितिमा हुनेछ ।
अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ । जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् ।
अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ ।
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु,
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना हुदैछ, यति ईन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४(इन्फा) । १९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा भाद्र २९ (सेप्टेम्बर १४) गते इन्फा अवार्ड लण्डणमा आयोजना हुनेछ । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सुचि तयार पारिएको छ ।
जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरे पश्चात उत्कृष्ट मनोनयन छनोट गरिएको हो । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशिष राज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा रहेका छन् भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् ।
उत्कृष्ट मनोनयन यस प्रकार छन्ः
१, उत्कृष्ट फिल्म
– जारी – बासुरी फिल्मस्
– दिमाग खराब – सिनेमा आर्टस्/ब्ल्याक हर्स पिक्चर्स
– प्रसाद २ – एस.जी.फिल्मस्/सुलभ थापा प्रोड्क्सन
– फर्की फर्की – रोहित अधिकारी फिल्मस्
– गाँउ आएको बाटो–मनच्याएम पिक्चर्स/बासुरी फिल्मस् २, उत्कृष्ट निर्देशक
– जारी – उपेन्द्र सुब्बा
– दिमाग खराब – निश्चल बस्नेत
– प्रसाद २ – सुदर्शन थापा
– फर्की फर्की – सुयोग गुरुङ
– गाँउ आएको बाटो – नविन सुब्बा
३, उत्कृष्ट अभिनेता
– दिमाग खराब – खगेन्द्र लामिछाने
– प्रसाद २ – बिपिन कार्की
– फर्की फर्की – अनमोल केसी
– गाँउ आएको बाटो – दयाहाङ राई
– पुजार सार्की – प्रदीप खड्का
४, उत्कृष्ट अभिनेत्री
– प्रसाद २ – केकी अधिकारी
– फर्की फर्की – जसिता गुरुङ
– गाँउ आएको बाटो – पशुपति राई
– जारी – मिरुना मगर
– परस्त्री – शिल्पा माश्के
५, उत्कृष्ट कथा/पटकथा
– प्रसाद २ – शुशिल पौडेल
– दिमाग खराब – आकाश बराल
– जारी – उपेन्द्र सुब्बा
६, उत्कृष्ट सम्पादक
– प्रसाद २ – मिलन श्रेष्ठ
– गाउँ आएको बाटो
– क्वान पुन लेउन – फर्की फर्की
– सुरेन्द्र पौडेल
७, उत्कृष्ट छाँयाकार
– प्रसाद २ – राजेश श्रेष्ठ
– फर्की फकी – नरेन्द्र मैनाली
– जारी – शैलेन्द्र डि कार्की
८, उत्कृष्ट संगीतकार
– नांगो गाउँ – शुशान्त गौतम (सुन सुन सुन्दरी)
– बोक्सीको घर – प्रकाश सपुत (बुझिन मैले)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)
९, उत्कृष्ट पाश्र्वगायक
– नांगो गाउँ – एस.डी. योगी (सुन सुन सुन्दरी)
– पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)
– जारी – कालि प्रसाद बास्कोटा (चरी बस्यो)
१०, उत्कृष्ट पाश्र्वगायिका
– नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)
– पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)
– बोक्सीको घर – समिक्षा अधिकारी (बुझिन मैले)
११, उत्कृष्ट नृत्य निर्देशक
– नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)
– पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)
– फर्की फर्की – किरण थापा ( फर्की फर्की)
१२, उत्कृष्ट खलपात्र
– प्रसाद २ – अर्पण थापा
– अगस्त्य – प्रमोद अग्रहरी
– ऐचौं पैचो – कोशिस क्षेत्री
१३, पप्पुलर अभिनेता
१४, पप्पुलर अभिनेत्री
१५, उत्कृष्ट अभिनेता , जुरी
१६, उत्कृष्ट अभिनेत्री, जुरी
१७, पर्फमर अफ दि एयर
१८, लाईफटाईम एचिभमेन्ट अवार्ड