लन्डन । वरिष्ठ सारंगी वादक श्यामशरण नेपाली र प्रिन्स नेपालीको विशेष प्रस्तुतिमा बेलायतमा 'नेपाली बाजाहरुको संगम' कार्यक्रम सम्पन्न भएको छ । यो सारंगी चौतारी युकेको पहिलो कार्यक्रम हो |
सारंगी चौतारी यूकेको आयोजनामा गत आइतबार १९ मे २०२४ मा वाटलिङ्ग कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा सारंगी चौतारीका वाद्यवादकहरु केरजङ गुरुङ, टंक शेरचन, दिनेश गुरुङ, मीन गुरुङ, डम्बर सिंह, मनोज अन्जान, कुमार गुरुङ ,रेशम पाचे मगर, जंग पुन मगर, रफी श्रेष्ठ र मदन थापाले सहयोग गरेका थिए ।
प्रमुख अतिथि बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एजवेएर बार्नेटका काउन्सिलर तथा पूर्वउपमेयर लक्ष गुरुङ, बर्न्टओकका काउन्सिलर कमल गुरुङ र सारंगी चौतारीका संयोजक टंक शेरचनले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा काउन्सिलर कमल गुरूङले श्याम नेपालीलाई र काउन्सिलर लक्ष्य गुरूङले प्रिन्स नेपालीलाई फेटा लगाएर सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन सारंगी चौतारीका सचिव डम्बर सिङले गरेका थिए । करिब १४० दर्शकले सारंगीको मीठो धुन सुनेर भरपुर मनोरञ्जन लिए । सारंगी चौतारी यूकेको पहिलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई संयोजक टंक शेरचनले धन्यवाद दिएका थिए ।
कार्यक्रम संचालन सारंगी चौतारीका सचिव डम्बर सिङले गरेका थिए । सारंगी चौतारीको मुख्य संयोजक टंक शेरचन थिए ।