लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका चर्चित गायक सुरेश लामा र गायिका अनु चौधरीले अल्डरसटमा धमाका मच्चाएका छन् ।
सपन इन्टरटेन्टमेन्टको प्रस्तुतिमा 'मिट एन्ड ग्रीट' कार्यक्रम अन्तर्गत सुरेश र अनुले आइतबार १९ तारिख साँझ डे लाउन्ज रेस्टुरेन्ट एन्ड ककटेल बार अल्डरसटमा बेजोड प्रस्तुति दिएका हुन् । बेलुकी ८ बजेपछि सुरु भएको कार्यक्रममा मिठा-मिठा गीत गाएर कलाकारद्वयले भरपूर मनोरन्जन दिलाएका थिए ।
औपचारिक कार्यक्रम नगरिएको आइतबार साँझ सपन इन्टरटेन्टमेन्ट प्रालिका डाइरेक्टर तथा गायक सपनकुमार राईले ओपनिङ सङ गाएका थिए । उनले युवा पुस्ताका कलाकारहरुलाई प्रमोसन गर्नका लागि अनु र सुरेशको कार्यक्रय आयोजना गरिएको बताए ।
सांगीतिक माहोलमा रम्न एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरूङ, डा कपिल रिजाल, सहारा युकेका अध्यक्ष कृष्ण गुरूङ, तमु धीं युकेका पूर्पअध्यक्षहरू रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, हितकाजी गुरुङ, सहारा युके पूर्वअध्यक्षहरू लेरि कुसाङ गुरुङ, गोर्खा किचेनका प्रोपाइटर भीम गुरूङ, सार्दिखोफा समाज युकेका अध्यक्ष अमृत गुरूङ, बीसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पा, आमा समूहका पूर्वअध्यक्ष ज्ञानु गुरूङको टोली, तमु धीं युकेका आमा समूह टोली, सहारा युकेको टोली, मेजर दिल राई, सुशीला राई, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, लन्डनबाट समाजसेवी कविता गुरुङ, माया गुरुङ र सुरेश लामाका अन्तर्राष्ट्रिय टिम अल रेइज फेमिलीहरू पनि आएका थिए ।
कार्यक्रम सफल बनाउन सहारा युकेका अध्यक्ष कृष्ण गुरुङको टिमले पनि सहयोग गरेको डाइरेक्टर सपन राईले बताए । कार्यक्रममा सहभागीलाई फुड एन्ड बेभरेजको समेत व्यवस्था गरिएको थियो ।
मे र जूनको युके टुरमा आएका सुरेश र अनुले यसअघि हन्स्लो, स्वीइन्डनलगायत ठाउँमा कार्यक्रम गरिसकेका छन् । यही २४ मेमा टिर्थवर्थको हिमालयन ओसिसमा प्रस्तुति दिँदैछन् सुरेश र अनु ।
यसैबीच सपन इन्टरटेन्टमेन्टका प्रोडुसर मेजर कुमार गुरूङले आगामी जुन १४ मा 'अ ग्रायन्ड म्युजिकल नाइट' अल्डरसटस्थित एम्पायर हलमा गर्ने जानकारी गराइएको छ ।
तस्बिरहरू : मिलन तमु/गोर्खा मिडिया