लन्डन । लन्डन म्याराथनमा नेपालबाट आएका धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले उक्त २६ माइल दुरीको दौड २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पूरा गरेको उक्त म्याराथनमा उनी २३औँ स्थान आउन सफल भएका छन् ।
त्यस्तै, लामो समयदेखि विभिन्न दौड प्रतियोगितामा भाग लिँदै आएका बेलायतवासी नेपाली सन्देश राईले २ घण्टा ३३ मिनेट, प्रकाश गुरुङले २ घण्टा ३९ मिनेट, सन्तोष राईले २ घण्टा ४७ मिनेट, चन्दन गुरुङले २ घण्टा ५४ मिनेट, मन्दा गुरुङले ३ घण्टा ५ मिनेटमा पूरा गरे ।
यसैगरी, धावक कुशल दीक्षितले ३ घण्टा ८ मिनेट, तिलविक्रम सम्बाहाम्फेले ३ घण्टा १४ मिनेट, राजेन्द्र गुरुङले ३ घण्टा ३२ मिनेट, धन क्षेत्रीले ३ घण्टा ३५ मिनेट, गौरव गुरुङले ३ घण्टा ३९ मिनेट, पारस गुरुङले ३ घण्टा ४० मिनेटमा पार गरेका छन् ।
दौडमा हरि गुरुङ, पाण्डव महतो, बलदेव कुँवर, आत्माराम दाहाल, मनीषा लिम्बू, दशरथ बस्याल, अमृत श्रेष्ठ, शम्भु कार्की, जगन कार्की, तमु धीं युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङलगायत १५० भन्दा बढी नेपाली धावक सहभागी भएका थिए ।
यसैबीच, बेलायतमा क्रियाशील पीपल ग्रुपका मेनेजिङ डाइरेक्टर सूर्यप्रकाश गुरुङले उक्त म्याराथनमार्फत स्व. राष्ट्र राई तथा मिरा राईको फाउन्डेसन सहयोगार्थ २० हजार ८०१ पाउन्ड संकलन गर्न सफल भए । उक्त म्याराथन गुरुङले ४ घण्टा २६ मिनेटमा पुरा गरेका थिए ।