मर्स्याङदी गाउँपालिका वडा नं. ७ स्थित भूगोलबिद् डा. हर्क गुरुङको समाधी स्थल रहेको पर्यटकीय गाउँ ङादी (ताङ्लिचोक) गाउँ चिनारी म्युजिक भिडियो विमोचन गरिएको छ ।
गाउँलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउने उद्धेश्यका साथ निर्माण गरिएको ‘लमजुङ ङादी गाउँ’ चिनारी गीतको बिमोचन गरिएको हो । मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको हो ।
अध्यक्ष गुरुङले स्ट्रिम नेपालको युट्युव च्यानलबाट भिडियो प्ले गरि बिमोचन गरे । ताङ्लिचोक टोल विकास समितिका अध्यक्ष देबबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको बिशेष अतिथि मर्स्याङदी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, वडा नं. ७ का पूर्व वडा अध्यक्ष युवा घले, वडा सदस्यहरु सन्चराम गुरुङ, दुर्गाबहादुर तामाङ, टोल बिकास समितिका अध्यक्षहरु, संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, प्राबिधिक र स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।
उक्त अवसरमा निर्देशक तथा कोरियोग्राफर दिप गुरुङद्वारा निर्देशित नेपालि चलचित्र ‘नैना’ प्रदर्शन गरिएको थियो ।
सन्तोष गुरुङको शब्द र जिवन रानाको संगीत रहेको उक्त गीतमा दिपक गुरुङ र पवित्र गुरुङको स्वर छ । गीतमा सुनिल थापा एरेन्जर रहेका छन् । निर्देशक दिप कोके गुरुङ रहेका छन् । भिडियोमा आनन्द गुरुङ, अनुशा गुरुङ, बिकास गुरुङ, सन्तोष गुरुङ, शृजना गुरुङ र सरोज गुरुङको अभिनय रहेको छ ।
शृङ्गार, ब्यबस्थापन नुमा लामिछाने गुरुङ (माया) को छ । सह शृङ्गारमा आस्था गुरुङ, छायाकंनमा मधुर बस्नेत, सह–छायांकनमा सन्दिप गुरुङ, ड्रोनमा सन्तोश महरा, प्रकाशमा सुबास थापा र बिनोद घिमिरे रहेका छन् ।