काठमाडौँ । मिस तामाङ २०२४ को उपाधि रिया तामाङले जितेकी छन् ।
शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्रान्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै उनी १६औँ संस्करणको मिस तामाङ घोषित भएकी हुन् । उनलाई गत वर्षकी विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिइन् ।
प्रतियोगिताको फस्ट रनरअप पेमाडोल्मो तामाङ र सेकेन्ड रनरअप अमृता लामा भए । पेमाडोल्मोले मल्टिमिडिया टाइटल पनि जित्न सफल भइन् ।
विजेताले १ लाख, फस्ट रनरअपले ५० हजार तथा सेकेन्ड रनरअपले ३० हजार रुपैयाँ नगदसहित क्राउन र गिफ्ट ह्याम्पर पाएका छन् ।
मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको मिस तामाङ २०२४ मा २४ जनाले भाग लिएका थिए ।
निर्णायक मण्डलमा गायक प्रदीप बमजन‚ पूर्व मिस तामाङ सुमी मोक्तान, सांसद तारा तामाङ‚ सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।