नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । २० ग्यारेन्टी सहित ल्याएको घोषणा पत्रमा सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको छ ।
घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।’
यस्तै एमालेले प्रदेश तथा स्थानीय तहलाई राज्यले प्रवाह गर्ने सेवा सविुधाहरू घर दैलोमा नै पु¥याउन वित्तीय, प्रशासनिक तथा सङ्गठनात्मक रूपमा सक्षम बनाइने घोषणा गरेको छ । एमालेले आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उल्लेख छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आवद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।
एमालेले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने भनेको छ । विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने उसको प्रतिवद्धता छ । यस्तो पूर्वाधार शैक्षिक गुठी अन्तर्गत वा निजीस्तरमा सञ्चालित विद्यालयमा समेत व्यवस्था गर्न जोड दिने एमालेको घोषणा छ ।
अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गरिने, विद्यालयका संरचनाहरु अपाङ्गमैत्री बनाउने पनि एमालेले प्रतिवद्धता जनाएको छ । दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने एमालेले घोषणापत्रमा उल्लेख छ ।