लन्डन । टुक्ल्हेप्री भाइखलक युकेले नेपालबाट आएका तीन कलाकारलाई स्वागत तथा बिदाई गरेको छ ।
१२ जनवरी २०२४ शुक्रबार अल्डरसटमा रहेको थकाली कुजिनमा आयोजित कार्यक्रममा गायिकारहरु ममता गुरुङ, निर्जला गुरुङ र सविन गुरुङलाई फूल, प्रमाणपत्र, एक/एक वटा कर्मु र मायाको चिनो (आधा/आधा तोलाको सुन) 'सुनको औंठी' ले स्वागत तथा बिदाइ गरिएको हो ।
'नेपालबाट आउनुभएका कलाकfर छोरीहरु ममता, निर्जला तथा सविन भाइको वेलकम अनि फेरवेल, सम्मान कार्यक्रममा आफ्नो बिजी समयलाई टाढा राखेर उपस्थिति भई सुनमा सुगन्ध थपेर सफल बनाइदिनु भएकोमा सम्पूर्ण भाइखलकको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु,' टुक्ल्हेप्री भाइखलक युकेका अध्यक्ष उज्जल टुक्ल्हेप्रीले भने ।
उनले ज्वाइँ मेजर खुशीमान गुरुङ एमभीओ र बहिनी मञ्जु गुरुङ, सोल्टी रिटायर्ड क्याप्टेन नरबहादुर गुरुङ एमभिओ/बीईएम अनि दिदी निरु गुरुङ, भेनाज्यु रिटार्यड लेफ्टिनेन्ट लाल गुरुङ अनि दिदी गोमा गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष तथा टुक्ल्हेप्री भाइखलक युकेका प्रमुख सल्लाहकार रनबहादुर गुरुङ, नारायण गुरुङलगायतलाई धन्यवाद दिएका छन् ।
ममता तमु धीं यूकेको ल्होछार कार्यक्रममा भाग लिन बुधबार २७ डिसेम्बर २०२३ मा बेलायत आएका हुन् । कास्कीको धम्पुस पोखरी घर भइ हाल पोखरा निवासी गायिका ममता गुरुङ नेपाल आइडल सिजन–३ को उत्कृष्ट–९ मा पर्न सफल सुमधुर स्वरकी धनी छन् । उनले नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् । ममता टुक्ल्हेप्री २२ जनवरी २४ मा नेपाल फर्कने जनाइएको छ ।
सविन र निर्जला गोरखा जिल्ला गुरुङ समाज युकेको निमन्त्रणमा शुक्रबार २२ डिसेम्बरमा बेलायत आएका हुन् । सविन गुरुङ मौलिक गीत र लोकदोहोरी क्षेत्रमा परिचित छन् । गोरखामा जन्मिएका सविन उद्घोषण कला पनि भएका व्यक्ति हुन् । पछिल्लो पुस्तामा लाइभ दोहोरीबाट चिनिएकी छिन् निर्जला ।