पोखरा । तमु जातिको महान पर्व, नयाँ वर्ष गुप्ह्री ल्हो तमु ल्होछार अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ ।
हि ल्होको बिदाइ र गुप्ह्री ल्हो तमु ल्होछार कार्यक्रमअन्तर्गत पुस १६ मा परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङ विजयी भए । गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता बने । उनीहरु क्रमशः २५ हजार र १० हजार नगदसहित पुरस्कृत भए ।
प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व मन्त्री वेदबहादुर गुरुङ श्यामले प्रतियोगिता संयोजक एवं निर्णायक गजबहादुर गुरुङलाई छेलो हस्तान्तरण गरी उद्घाटन गरेका थिए । उनले शुभकामना व्यक्त गर्दै तमुहरुको मौलिक सांस्कृतिक एवं पहिचान बोको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भूमिका आवश्यक रहेको बताए ।
तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष गमबहादुर गुृरुङ, सदस्य सुरेन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरे ।
कार्यक्रमपश्चात पैयुँखोला तमु समाजको मौलिक सालेजो प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो ।
यसअघि पुस १४ गते बिहान तमु ह्युला चोकमा सरसफाइ, दिनको ३ बजे तमु धिं नेपालमा स्वास्थ्योपचारका लागि विभिन्न बिरामीलाई सहयोग हस्तान्तरण, बेलुका ५ बजे तमु ह्युल चोकमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । सो दिन कार्यक्रमपश्चात पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्योकैं कार्यक्रम भया ।
ल्होछारको दिन पुस १५ मा तमु धिं नेपालले बिहान पोखरा रानीपौवाबाट ल्होछार शुभकामना र्याली सुरु गरी महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालमा पुगी ल्होछार विशेष कार्यक्रम गरियो । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमु धिं नेपालको केन्द्रीय सदस्यमा मनोनीतलाई सपथ ग्रहण, विभिन्न सम्मानहरुबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, अधिवक्ता अनिता गुरुङ, चलचित्रकर्मी माओत्से गुरुङ, गायक धनबहादुर गुरुङ, शान्ति गुरुङ, समाजसेवी सरिता गुरुङ, समाजसेवी पुरनधोज गुरुङ लगायत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा विविध सांस्कृतिक गरिएको थियो ।
तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्तबहादुर तामाङ, सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव अधिवक्ता जूनाकुमारी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।