पोखरा । पोखरा महानगरपालिका वडा १० स्थित बौद्ध अर्घौं सदनको ४६ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेसनबाट रुद्रबहादुर घले अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको सचिव बिलबहादुर गुरुङ निर्वाचित हुँदा सदस्यमा मोतिप्रसाद गुरुङ, पञ्चकुमारी गुरुङ, कन्याकुमारी गुरुङ, खिमबहादुर गुरुङ, लक्षिनसुवा गुरुङ, रोशबहादुर गुरुङ, भुविन्द्रप्रसाद गुरुङ र लक्ष्मी गुरुङ चयन भए ।
सदनका अध्यक्ष क्या. भुवनसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । उनले सेती नदी किनार रामघाटमा निर्माण भएको शवदाह गृह सञ्चालनका लागि बौद्ध अर्घौं सदनसँग समन्वय गर्ने बताए ।
कार्यक्रम सञ्चालन सचिव मोतिप्रसाद गुरुङले गरेका थिए । उनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विलबहादुर गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
अध्यक्ष क्या. गुरुङले आफ्नो कार्यकालमा गुम्बा निर्माण गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद दिए । २०७१ सालदेखि गुम्बा निर्माण सुरु भएकोमा करिब साढे १८ करोड खर्चमा पूरा भएको उनले बताए ।
कार्यक्रममा तमु धिं नेपालका पूर्व महासचिव देवीराज गुरुङ, तमु धिंका वरिष्ठ उपाध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङ, निर्वाचन समिति संयोजक शंकर गुरुङ लगायतले बोलेका थिए ।