Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बाफ्टामा नेपाली फिल्म ‘गोर्खा वारियर’, चुलियो चर्चा 
बाफ्टामा नेपाली फिल्म ‘गोर्खा वारियर’, चुलियो चर्चा 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, मंसिर २६, २०८०

लन्डन । संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ ले प्रवेश पाएसँगै यसको चर्चा चुलिएको छ। 
 
अस्करपछि दोस्रो ठूलो मानिने बाफ्टा फिल्म अवार्ड–२०२४ समारोह आगामी १८ फेब्रुअरीमा साउथ बैंक सेन्टर लन्डनमा हुँदैछ । त्यसको नोमिनेसन नतिजा १८ जनवरीमा आउनेछ । 

निर्देशक मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’ ले नेपाली इतिहासमा पहिलो पटक बाफ्टामा इन्ट्री पाएको हो । अब उसले लङ लिस्टका लागि हलिउड फिल्महरुसँग प्रतिस्पर्धा गर्नेछ ।  बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटेगोरीमा गोर्खा वारियरको प्रतिष्पर्धा हुने छ । 

बाफ्टामा प्रवेश पाएकामा निर्देशक चाम्सले निकै खुसी व्यक्त गरे । उनले भने, ‘हार्नु जित्नु अलग कुरा हो तर गोर्खा वारियरले इतिहास राख्ने काम जारी छ ।’ उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउंदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्नेमा जोड दिए । सर्वोत्कृष्ट निर्देशनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित मिलन आफैँ पनि पूर्व सैनिक हुन् ।

Sanvi jeeler
Maoustail service

फिल्ममा नायक रितेश चाम्ससहित विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । 

नेपाल र मलेशियामा छायांकन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीको संगीत रहेको छ । 

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्मित यो चलचित्रको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् । एकान्टिङ पार्टनर ह्याम्सायर एकाउन्ट्स् हो ।

ब्रिटिस सेनामा गोर्खा भर्तीको इतिहास झण्डै २०८ वर्ष लामो हो । ब्रिगेड अफ गोर्खाजले बेलायतका लागि कयौं देशमा लडेको इतिहास छ । तीमध्ये गोर्खाहरुले मलाया आपतकालका बेला कम्युनिष्ट आतंककारीसँग सन् १९४८ देखि १९६० सम्म झण्डै १२ वर्ष लडेर वीरता प्रदर्शन गरेका थिए । मलाया युद्धमा वीरताको कथामा आधारित ‘गोर्खा वारियर’ गत १० सेप्टेम्बरमा लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवल्र्डमा अन्तर्राष्ट्रिय रेडकार्पेट प्रिमियर भएको थियो । 

gurkha 1 (14)16943635011702396668.jpg


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मनोरञ्जन
गरिमा गुरुङले ‘मिस वर्ल्ड टुरिजम २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने
गरिमा गुरुङले ‘मिस वर्ल्ड टुरिजम २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने बिहीबार, साउन १५, २०८२
क्याप्टेन रिटायर्ड पूर्ण लिम्बूको चलचित्र 'नाम्लो' बेलायतमा प्रिमियर शो,  दर्शकको बाक्लो उपस्थिति
क्याप्टेन रिटायर्ड पूर्ण लिम्बूको चलचित्र 'नाम्लो' बेलायतमा प्रिमियर शो, दर्शकको बाक्लो उपस्थिति बिहीबार, साउन १५, २०८२
बेलायतमा चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको यात्रानुभव र बिदाइ कार्यक्रम सम्पन्न
बेलायतमा चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको यात्रानुभव र बिदाइ कार्यक्रम सम्पन्न मंगलबार, साउन १३, २०८२
सपना गाहा मगरको 'रमाइलो भनेको चोक चोकमा'तीज गीत सार्वजनिक
सपना गाहा मगरको 'रमाइलो भनेको चोक चोकमा'तीज गीत सार्वजनिक आइतबार, साउन ११, २०८२
‘सयपत्री साँझ २०२५’का लागि बेलायत आए कलाकार रामजी खाँण र रचना रिमाल
‘सयपत्री साँझ २०२५’का लागि बेलायत आए कलाकार रामजी खाँण र रचना रिमाल शुक्रबार, साउन ९, २०८२
बेलायतमा अगस्ट २५ मा 'तीज धमाका' हुने,  आधा दर्जनभन्दा बढी कलाकार
बेलायतमा अगस्ट २५ मा 'तीज धमाका' हुने, आधा दर्जनभन्दा बढी कलाकार बिहीबार, साउन ८, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्