काठमाडौं । मिस गुरूङ इन्टरनेसनल सिजन–५ जेरिना गुरूङले यो इभेन्ट आफँैलाई जाँच्ने एउटा चुनौती भएको बताएकी छन् ।
गत कात्तिक अन्तिम साता ग्रान्ड फिनालेमा उपाधि जितेकी सिक्किमकी जेरिनाले सहयोगी सम्पूर्णमा आभार व्यक्त गर्दै उक्त कुरा बताएकी हुन् ।
उनले भनेकी छन्, ‘मिस गुरूङ सिजन–५ मेरो यात्रा एउटा सुनौलो अवसर अनि आफैँलाई जाँच्ने एउटा चुनौती थियो । आफ्नो प्रतिभाको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय मञ्चमा मेरो सहभागिता केवल प्रतियोगिताको टाइटल जित्नमात्र सीमित थिएन, मेरो सहभागिता जातीय सद्भावना कायम राख्न एक सुरूवात थियो अनि सुनौलो सुरूवात रह्यो पनि ।’
उनले आफ्नो भाषा, साहित्य, संस्कृति अनि पहिचानलाई जगेर्ना गर्न आफ्नो सहभागितामार्फत सन्देश दिने हरप्रयास गरेको उल्लेख गरेकी छन् ।
प्रतियोगिताबाट थुप्रै अनुभव, शिक्षा अनि सकारात्मक ऊर्जा पाएको भन्दै कुनै दिन फेरि अवश्य राख्ने प्रतिबद्धता जनाएकी छन् । उनले अगाडि लेख्छिन्, ‘विजेताको ताजले म पुरस्कृत भइरहँदाको पल ममाथि एउटा ठूलो जिम्मेवारी थपिएको महसुस गरें । मेरो योग्यतालाई भरोसा गरेर मलाई विजयी बनाउन साथ दिनुहुने सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।’
उनले आफ्नो भावी योजनाको परिकल्पना अझ प्रभावशाली बनाउन होमवर्क गर्न थालिसकेको पनि बताएकी छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा भएको फाइनलमा जेरिनाले उपाधिसहित यमाहाको स्कुटरसँगै ५ लाख बराबरको पुरस्कार पाएकी थिइन् ।
त्यस्तै फस्ट रनरअपको उपाधि तारा गुरुङले हात पार्दा सेकेन्ड रनरअपको उपाधि करिना गुरुङले जितिन् । मिस पपुलरको उपाधि अनामिका गुरुङ तथा मिस ट्यालेन्ट तारा गुरुङ भइन् ।
मृगतृष्णा फेसन हाउसको आयोजना र बिएण्डबी इभेन्टमेनिया प्रालिको व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनालेमा नेपालसँगै भारत सिक्किमका गरी १४ प्रतिस्पर्धी थिए ।
१६ वर्षकै उमेरमा मिस गुरूङ इन्टरनेसनलको उपाधि जितेकी जेरिना प्रतियोगिताको अहिलेसम्मकै कान्छी हुन् ।