काठमाडौं । सिक्किमकी जेरिना गुरुङले मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको उपाधि जितेकी छन् ।
राष्ट्रिय सभागृह भृकुटीमण्डप शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा जेरिनाले यमाहाको स्कुटरसँगै ५ लाख बराबरको पुरस्कारहरू पाएकी हुन् । त्यस्तै फस्ट रनरअपको उपाधि तारा गुरुङले हात पार्दा सेकेन्ड रनरअपको उपाधि करिना गुरुङले जितिन् । मिस पपुलरको उपाधि अनामिका गुरुङले हात पार्दा मिस ट्यालेन्ट तारा गुरुङ नै भइन् । साथै सम्पूर्ण विजेताहरूले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् ।
ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समीक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए । सबैले विभिन्न सब-टाइटलहरू जितेका छन् । ग्रान्ड फिनालेका निर्णयकका रूपमा कुलबहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ र टिकाराम गुरुङ रहेका थिए ।
मृगतृष्णा फेसन हाउसको आयोजना र बीएण्डबी इभेन्टमेनिया प्रालिको व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनालेमा नेपालसँगै भारतको सिक्किमका १४ प्रतिस्पर्धी थिए ।
तृष्णा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङ प्रमुख अतिथि थिइन् ।कार्यक्रम भने कलाकारसमेत रहेका सागर गुरुङले सञ्चालन गरेका थिए ।
गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ इन्टरनेलेशनलको आयोजना हुँदै आएको छ ।