लन्डन । फिल्म ‘कैदीको पत्र’ यही अक्टोबर १३ देखि प्रदर्शन गर्न लागिएको छ । बेलायतमा निर्मित नेपाली यो फिल्म सिनेवल्ड, भ्यूलगायत हलहरुमा फिल्म प्रदर्शन गर्न लागिएको हो ।
निर्देशक सनमकुमार बैरागले बेलायतका विभिन्न शहर भ्यू रेडिङ, भ्यू ह्यारो, सिनेवल्र्ड फेल्थम, सिनेवल्ड रइसलीप, सिनेवल्ड वेम्ब्ली, सिनेवल्ड अल्डरसट, सिनेवल्ड आसफोर्ड, सिनेवल्ड डोभर, सिनेवल्ड ग्लास्गो, शो केस पिटरबरोलगायतमा चलचित्र प्रदर्शन गर्न लागिएको जनाए ।
कैदीको पत्र प्रेम र रोमान्समा आधारित छ । फिल्ममा कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लरेन वेस्टबरी, तपस्या शिवाकोटी लगायत नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।
साहित्यकार ईश्वर मानन्धरको कृतिमा आधारित उक्त चलचित्रमा बेलायतमा रहेका नेपाली र बेलायती नागरिकबीचको आपसी सम्बन्धका कारण सृजित घट्नाक्रमलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।