लन्डन । न्यू लक्ष्मी ज्वेलर्सले आयोजना गरेको तीज सेल्फी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले आज नतिजा सार्वजनिक गरेकाे हो ।
प्रतियोगितामा मीना राना प्रथम भइन् । उनले सर्वाधिक ९ हजार ६ सय २७ अंक प्राप्त गर्दै प्रथम हुन सफल भएकी हुन् । यस्तै, वसन्त आले ३ हजार ८८ अंकसिहत दोस्रो र गीता जिमी २ हजार ९ सय ६ अंकसहित तेस्रो भए ।
विजेतालाई छड्के तिलहरी, दोस्रोलाई माहिली तिलहरी र तेस्रोलाई कान्छी तिलहरी पुरस्कार दिइयो । गत ४ सेप्टम्बरदेखि १५ सेप्टम्बरसम्म प्रतियोगितामा ४३ जनाले भाग लिएका थिए ।
विश्वका जुनसुकै कुनामा बसोबास गर्ने न्यू लक्ष्मी ज्वेलर्सका ग्राहकले प्रतियोगितामा भाग लिएका हुन्।
प्रतियोगीले सेल्फी फोटो नेपाली संस्कृति र परम्परागत ड्रेसमा गरगहना पहिरिएको पठाउनुपर्ने प्राब्धान थियो । न्यू लक्ष्मी ज्वेलर्सको भाइवर, ह्वाटएप, म्यासेन्जर वा इन्स्ट्राग्राममा फोटो पठाउन सकिने व्यवस्था मिलाइएको थियो ।
विजेताको घोषणा फेसबुक, टिकटक, इन्स्ट्राग्राममा लाइक, कमेन्ट, सेयरको आधारमा गरिएको लक्ष्मी ज्वेलर्सकी सञ्जालक लक्ष्मी राईले बताइन् । राईले सहभागी सम्पूर्ण प्रतियोगीमा धन्यवाद दिइन् । उनले सधैँभरि लक्ष्मी ज्वेलर्सलाई माया गरिदिन पनि आग्रह गरिन् । विजेता हुन नसक्नेहरुलाई पनि चित्त नदुखाउन आग्रह गर्दै उनले कुनै न कुनै रुपमा मायाको चिनो उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।