पोखरा । पोखरा महानगरपालिका वडा १३, जयगंगा मार्गस्थित मिलिजुली विजयपुर तमु समाजको शुक्रबार २९ औं वार्षिक साधारणसभा भयो ।
तमु धिं नेपालको क्षेत्रीय समाजको रुपमा क्रियाशील उक्त समाजको प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गरे । उनले तमुहरुले शिक्षा र राजनीतिमा विशेष जोड दिँदै नेपालमै केही गरौं भावनाको विकास गराउनुपर्नेमा जोड दिए । धनसम्पत्ति आर्जन गरे पनि आत्मसन्तुष्टि प्राप्त गर्न नसकेको, पारिवारिक विच्छेदका घटनाहरुदेखि नेपाली मौलिकता लोप हँुदै र राष्ट्रियता कमजोर बनेकाले नेपालमै प्रगतिको मार्गमा लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा समाजको विकासका लागि आवश्यक बजेट उपलब्ध गराइदिन सांसद मनबहादुर गुरुङलाई समाजका अध्यक्ष इन्स्पेक्टर मानकाजी गुरुङले मागपत्र समेत बुझाए ।
कार्यक्रममा गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जूनाकुमारी गुरुङ, रुपा २ का वडाध्यक्ष राजन सुवेदी, पोखरा १३ की वडा सदस्य सुचिता तामाङ, राजजिङ स्टार बोर्डिङका अध्यक्ष खड्गबहादुर गुरुङ, पोखरा फाइनान्सका शाखा प्रमुख आनन्द राना, हिमाली टोल विकास संस्थाका सल्लाहकार रनधोज गुरुङ, लामोडहर टोल विकास संस्थाका सचिव गौतम गुरुङ लगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष नासु खडकबहादुर गुरुङले स्वागत र सहसचिव इञ्जिनियर सुब्बा गुरुङले कार्यक्रम संचालन गरे ।