पोखरा । लोकतान्त्रिक तमु संघ नेपालको संगठन निर्माणको अभियान कास्कीमा वडाबाट गाउँतर्फ प्रवेश गरेको छ । कास्कीको पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरी वडामा संगठन निर्माणक्रमसँगै रुपा गाउँपालिका वडाबाट गाउँ गाउँमा लोकतान्त्रिक तमु संघको संगठन निर्माण सुरु भएको हो ।
शुक्रबार रुपा ६, अन्तर्गत मोहोरियाटोल गाँउको प्रथम अधिवेशनले प्रेम पुजारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय गाँउ कमिटी गठन गरिएको हो । लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिका ६ कमिटी अध्यक्ष सु. पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा डिलकुमारी गुरुङ, सचिवमा मीना गुरुङ, कोषाध्यक्षमा देवी गुरुङ र सदस्यमा गौमाया गुरुङ, बेलमाया गुरुङ, सूर्यबहादर गुरुङ, गीता गुरुङ र तुलबहादुर गुरुङ चयन भए ।
नवनिर्वाचित कार्यसमितिलाई लोकतान्त्रिक तमु संघ नेपाल, रुपा गाउँपालिका कमिटी अध्यक्ष सु.केहरसिंह गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
नेतृत्व चयनका लागि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङको संयोजकत्वमा लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिका कमिटी अध्यक्ष केहरसिंह गुरुङ, नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ सदस्य थिए ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका सदस्य क्या.हर्कबहादुर गुरुङले उद्घाटन गर्दै तमुहरुको एकता, तमुहरुमा चेतना र विकासका लागि सबै जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सल्लाहकार प्रेमबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष नारायण गुरुङ, रुपा गाँउपालिका कमिटी अध्यक्ष केहरसिंह गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए ।