लन्डन । गीतकार एकेन्द्र गुरुङको कम्पोजमा बनेको गिलुङ गाउँ गीतको छायांकन यही असोज २८ देखि ३० गते (१४-१६ अक्टोबर २०२२) सम्म हुने भएको छ ।
लमजुङ जिल्लाको क्होंलासोथर गाउँपालिकामा पर्ने अतिरमणीय गाउँ गिलुङमा म्युजिक भिडियोको छायांकन हुने तय भएको बेलायत निवासी नन्दप्रसाद गुरुङले जानकारी दिए । गिलुङ गाउँ गीतमा स्वर, संगीत धनबहादुर गुरुङ र ज्योति गुरुङको रहेको छ ।
सोही समयमा ३५ लाख रुपैयाँभन्दा बढी लगानीको कृष्ण म्युजिक एकेडेमी शुभारम्भ हुने भएको छ । दौंतरीको चौतारी ग्रुप गिलुङको आयोजनामा कृष्ण म्युजिक एकेडेमीको उद्घाटन क्होंलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले गर्नेछन् । कृष्ण म्युजिक एकेडेमी भिजन अमेरिका निवासी गमबहादुर गुरुङले ल्याएका हुन् ।
म्युजिक भिडियो निर्मातामा बेलायतबाट कबिर गुरुङ, जीतबहादुर गुरुङ, नन्द गुरुङ, सुरेन्द्र गुरुङ, अमेरिकाबाट किरण गुरुङ, गम गुरुङ, हङकङबाट युवराज गुरुङ, बिष्णु गुरुङ र पोखराबाट सुवेदार देवप्रसाद गुरुङ रहेका छन् ।
म्युजिक भिडियोका लागि आर्थिक सहयोग गर्नेमा राजेन्द्र गुरुङ बेल्जियम, यूकेबाट कुमार गुरुङ, शंकर भेष, महेन्द्र गुरुङ, देवीसुब्बा गुरुङ, उमा गुरुङ सुनमाया गुरुङ, रुक्मान गुरुङ बीइएम, क्या दुधमान गुरुङ, ज्योति गुरुङ, सूर्यकुमारी गुरुङ, जगन गुरुङ, जीतकुमार गुरुङ छन् ।
यस्तै अमेरिकाबाट आसकाशी गुरुङ, मुनकुमारी घले र सुवास गुरुङ छन् । यो गीत सुटिङका लागि बेलायतबाट कबिर गुरुङ, नन्द गुरुङ अमेरिकाबाट किरण गुरुङ र गमबहादुर गुरुङ नेपाल पुगेका छन् ।