पोखरा। तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्षमा पवित्रदेवी गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । समितिको १० औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा ऐनशोभा गुरुङ, प्रथम उपाध्यक्षमा बिना गुरुङ, द्वितीय उपाध्यक्षमा बालकुमारी गुरुङ, महासचिवमा बालकुमारी गुरुङ, सचिवमा विष्णुकुमारी गुरुङ, सहसचिवमा रेखिमाया गुरुङ, कोषाध्यक्षमा आसकाशी गुरुङ, सहकोषाध्यक्षमा बिमला गुरुङ निर्वाचित भए । सदस्यमा श्रीमाया, नन्दा, टीका, कुन्तीदेवी, तारादेवी, मनकुमारी, ताराकुमारी, चित्रा, जगनसुवा, तारा र दिलमाया गुरुङ छन् ।
गोर्खा मिडियाका सम्पादक एवं निर्वाचत समिति संयोजक तमु धिं नेपालका अध्यक्षका हुमबहादुर गुरुङले उनीहरुलाई सपथ ग्रहण गराए ।
नवनिर्वाचित अध्यक्ष पवित्रदेवीले सबै तमुहरुलाई संगठित, आमा दिदिबहिनीलाई एकिकृत एवम सबल र तमु धिं नेपाललाई अग्रगतिका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरिन् ।
निर्वाचन समितितर्फबाट बाँझापाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरे ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले कार्यक्रम उद्घाटन गर्दै सबै तमुहरुको एकताबाटै शक्ति निर्माण हुने भन्दै एकताका लागि आग्रह गरेकी थिइन् । उनले तमुहरुको एकताबिना हाम्रो सामुहिकता, अधिकार प्राप्ति र राज्यमा पहुँच नपुग्ने भएकाले एकता अपरिहार्य भएको बताइन् ।
बेलायतको बार्नेट लण्डनका निवर्तमान उपमेयर तथा वर्तमान कान्सिलर लक्ष्य गुरुङले आमाहरु मूलधारमा आउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ज्येष्ठ आमा याङजाकोट तमु समाजकी लक्ष्मी गुरुङ, वर्षको उत्कृष्ट सदस्य फूलबारी तमु समाजकी धनमाया गुरुङ र सक्रिय आमा समूहबाट सिद्धार्थ तमु समाज आमा समिति सम्मानित गरिएको थियो। आमा समिति अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा महासचिव बिना गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। कार्यक्रममा आमा समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए भने कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्रदेवी गुरुङले स्वागत, संचालन महासचिव बिना गुरुङ र सहसचिव बालकुमारी गुरुङले गरेकी थिइन्।