लन्डन । बेलायत भ्रमणमा आएका चलचित्र निर्देशक तथा नायक माओत्से गुरुङसहित चलचित्रकर्मीलाई लन्डनस्थित हिथ्रो एयरपोर्टमा तमुधिं यूके अध्यक्ष हरि गुरुङलगायतले स्वागत गरेका छन् ।
तमुधिं यूकेको आयोजनामा यही २७ अगस्टमा केम्पर्टन पार्कमा हुने नेपाली मेलालगायत कार्यक्रमका लागि बिहीबार बिहान हिथ्रो आइपुगेका उनीहरुलाई तमुधिं अध्यक्ष गुरुङ लगायत पदाधिकारी र आफन्तलगायतले खादा, बुकीबाट स्वागत गरेका हुन् । टोलीमा नायक तथा निर्देशक माओत्से गुरुङ, चलचित्र निर्माता बुद्धकुमार गुरुङ, नायिका रजनी गुरुङ (मंगली), चलचित्र निर्माता एवं रोधी टेलिभिजनकी कार्यक्रम प्रस्तोता बालकाशी गुरुङ छन् ।
कलाकारहरुको स्वागतका लागि तमुधिं यूके अध्यक्ष गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी र श्रीमती कमलादेवी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र सुर्य गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, सचिव विमल गुरुङ, सदस्य भोज गुरुङ, नायक साजन गुरुङ, व्यवसायी अजय थापा, तिलकुमारी र ननसुबा गुरुङलगायत हिथ्रो पुगेका थिए ।
सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट दर्जनौं कलाकारहरु ओहोरदोहोर भइरहेका छन् । नेपाली कलाकारका लागि बेलायत भ्रमण आम्दानीको हिसाबले फलदायी हुने अनुभवीहरु बताउँछन् ।