पोखरा । गोर्खाली रेडियो १०६ मेघाहर्ज आयोजनामा ‘गोर्खाली अन्तरसमाज खुला सामूहिक लोक नृत्य प्रतियोगिता २०८०’ हुुने भएको छ ।
पोखरा सभागृहमा असोज २० मा सो प्रतियोगिता हुन लागेको मुल आयोजनक समिति संयोजक अध्यक्ष सु.मे श्रीप्रसाद गुरुङले बताए । प्रतियोगिताबाट भएको मुनाफाको १० प्रतिशत रकम आर्थिक अवस्था कमजोर भएको बालबालिकाहरुलाई सहयोग गरिने उनले बताए ।
३० वर्षभन्दा माथिको लोककलाकारमा भएको प्रतिभा प्रस्फुटन गरी स्थानीय लोक भाका, कला, संस्कृति, मौलिकताको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा सयभन्दा बढी प्रतियोगिहरुले भाग लिने आयोजकको अपेक्षा छ ।
कार्यक्रम संयोजक डब्ल्यूओटु बलबहादुर गुरुङका अनुसार प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः ५०, ३० र २० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सान्त्वना २ समुहलाई १०÷१० हजार रुपैयाँ र प्रमाणपत्रको व्यवस्था गरिएको छ । टप टेन हुनेलाई आकर्षक गिफ्ट ह्याम्प, प्रमाण–पत्र साथै भ्युवर च्वाइसलाई आकर्षक पुरस्कार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सफलताका लागि सहप्रायोजकरुपमा मेजर लक्ष्मी प्रसाद गुरुङ, धर्मपत्नी हुमकुमारी गुरुङले नगद १ लाख रुपैयाँ प्रदान गरेका छन् ।
विशेष प्रायोजक डब्यूओटुु बलबहादुर गुरुङ र धर्मपत्नी औंसुबा गुरुङले ७५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
मूल आयोजक समिति संयोजक रेडियोका अध्यक्ष सु.मे. श्रीप्रसाद गुरुङ, कार्यक्रम संयोजक डब्ल्यूओटु बलबहादुर गुरुङ, सहसंयोजक मिसेज कर्णेल पदमशोभा गुरुङ, पुरस्कार तथा ट्रफी व्यवस्थापन संयोजक सल्लाहकार संयोजक मे. लक्ष्मीप्रसाद गुरुङ, वाद्यबादक संयोजक सल्लाहकार क्या. चोकबहादुर गुरुङ छन् ।
साउण्ड सिस्टम तथा हल व्यवस्थापन संयोजक उपाध्यक्ष क्या. हितमान गुरुङ, समाज समन्वय तथा फारम व्यवस्थापन संयोजक सचिव चन्द्रवती गुरुङ, अर्थ संयोजक कोषाध्यक्ष सु.मे. देउबहादुर गुरुङ, कलाकार व्यवस्थापन संयोजक सु. इन्द्रबहादुर गुरुङ, यु.के. शाखा अर्थ संयोजक पूर्व प्रवन्ध निर्देशक क्या. नरबहादुर गुरुङ र क्या. पिताम्बर गुरुङ रहेका छन् ।
त्यसैगरी हङकङ शाखा अर्थ संयोजक विदेश समन्वय संयोजक दुर्गा घोताने ‘मिलन’, भूपू सम्पर्क संयोजक संघसंस्था समन्वय संयोजक दिलु गुरुङ, अतिथि सत्कार सदस्य खकीमाया गुरुङ, टिकट व्यवस्थापन संयोजक सदस्य अरुणा आले, प्रसारप्रसार संयोजक स्टेशन म्यानेजर खिमा गुरुङ, मञ्च व्यवस्थापन संयोजक संवाददाता मिलन गुरुङ रहेका छन् ।