लण्डन । यतिबेला नेपालबाट बेलायत गएर सांगीतिक कार्यक्रम गर्ने नेपाली कलाकारमा खुबै लहड चलेको छ । नेपालका चलेका संगीतकर्मीहरुले वर्षमा कैयाै कार्यक्रम पनि भ्याइरहेका छन् भने साथमा हाँस्य कलाकारको पनि उत्तिकै माग देखिन्छ ।
यसै सिलसिलामा आगामी १९ अगष्टमा अल्डरसटमा अर्को सांगीतिक तथा हास्यब्यङ्ग्य कार्यक्रम सुम्निमा साँझ–२०२३ हुँदैछ ।
सुम्निमा इन्टरटेण्मेण्ट युकेले आयोजना गर्न लागेको सो कार्यक्रममा खोर्सानी डल्ले गायक भीषण मुकारुङ राई तयारी अवस्थामा छन् । अर्का चर्चित कलाकार फुलन्देकी आमा अर्थात् उमेश राई पनि बेलायत आइसकेका छन् ।
अर्का उदियमान गायक निश्चल राई भीषणसँगै ३ महिना अगाडि बेलायत गएका हुन् । बेलायतमा साथीभाइ तथा शुभचिन्तकबाट रामे लक्षे नाम पाएका यी दुई दाजुभाइले बेलायतभर करिब २० वटा जति कार्यक्रम त भ्याइसकेका छन् र सुम्निमा साँझ–२०२३ नाम दिइएको उक्त कार्यक्रमबाट करिब आप्mनो बसाइ बिट मार्ने सोचमा छन् ।
नेपालदेखि स्थायी बसोबासका लागि गएका कलाकारको ठूलै जत्था भेला भएका छन् । नेपाली तारामा रनरअप तारा लक्सम लिम्बु, मुन्दुमी गायिका जानुका राईदेखि गायक श्याम सामसोहाङ राईले पनि प्रस्तुति दिने सुम्निमा इन्टरटेण्मेण्ट युकेका अध्यक्ष कपिल राईले बताए । साथै गायक तथा संस्कृतिकर्मी किसान राईको प्रस्तुति हुने कार्यक्रमको होस्ट मिस मंगोल २०१२ सपना रोका हुन् ।
पछिल्लो समय संगीतभन्दा नेपालका पर्यटन क्षेत्रको विकासमा बढी लागिपरेका श्याम सामसोहाङ राईले हालै केही महिना अगाडि नेपाल आएर मुन्दुम टेल नामक संस्मरणात्मक पुस्तक पनि बजारमा ल्याएका थिए ।
आगामी दिनमा पनि यस्ताखाले कार्यक्रम गर्दै जाने आयोजक संस्थाका सचिव मनिका राईले बताइन् ।