पोखरा । पोखरा ८ बगालेटोलस्थित श्री सोंपाल तमु समाज पोखराको शनिबार ३४ औं वार्षिक साधारणसभा एवम पाँचौं अधिवेशनले दिपककुमार गुृरुङको अध्यक्षतामा २५ सदस्यीय सोपाल तमु समाज गठन गरेको छ ।
यस्तै, सुनिता गुरुङको अध्यक्षतामा २६ सदस्यीय आमा समुह र प्राण गुरुङको संयोजकत्वमा ८ सदस्यीय युवा समिति गठन गरिएको छ ।
समाजको प्रथम उपाध्यक्षमा सावित्री गुरुङ, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिवमा इन्द्रप्रसाद गुरुङ, सहसचिवमा सुर्यमान गुरुङ, कोषाध्यक्षमा क्या.सागर गुरुङ, सहकोषाध्यक्षमा सोमबहादुर गुरुङ र सदस्यहरुमा साधना गुरुङ,कृष्णकुमारी गुरुङ, सुमिता गुरुङ, मञ्जु गुरुङ, रामकाजी गुरुङ, तिलबहादुर गुरुङ, राजु गुरुङ, राजेन्द्र गुरुङ, पञ्चकुमारी गुरुङ, अशोक गुरुङ, कृष्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, प्राण गुरुङ, विजय गुरुङ, क्षेत्र गुरुङ,जानकी गुरुङ, ओम गुरुङ र मिनप्रसाद गुरुङ छन् ।
आमा समुहको उपाध्यक्षमा मीना गुरुङ, सचिवमा रीता गुरुङ, कोषाध्यक्षमा चन्द्रवती गुरुङ, सहसचिवमा अनिता गुरुङ, सहकोषाध्यक्षमा देवीसरा गुरुङ र सदस्यहरुमा जयन्ती गुरुङ, कृष्णकुमारी गुरुङ, लक्ष्मी गुरुङ, मीना गुरुङ, जलदेवी गुरुङ, तीर्था गुरुङ, तारा गुरुङ, चण्डीकुमारी गुरुङ, जयदेवी गुरुङ, रचना गुरुङ, सरस्वती गुरुङ, अमृता गुरुङ, बृद्ध गुरुङ, निर्मला गुरुङ, जानकी गुरुङ, चिनु गुरुङ, ज्ञानु गुरुङ, किरन गुरुङ, सोनी गुरुङ र बुद्धिसरा गुरुङ चयन भए ।
यसरी नै युवा समितिको सहसंयोकमा क्षेत्र गुरुङ, विर्जुन गुरुङ, भूपेन्द्र गुरुङ, सुविन गुरुङ, प्रताप गुरुङ र सुदर्शन गुरुङ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले बताए । भदौ १६ गतेबाट मात्रै नवनिर्वाचित कार्यसमितिले पदभार सम्हाल्ने बताइएको छ ।
यसअघि वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष एवं गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङले श्री सोंपाल तमु समाज पोखरा सबैका लागि उदाहरणीय समाज, अग्रज एवम विशेष व्यक्तित्वहरुको समाज भएको भन्दै प्रशंसा गरे । तमु समाजहरुमा युवाको सहभागीता, आकर्षणका विषयलाई विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
समाजका संस्थापक अध्यक्ष, पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङले साधारणसभामा समाजका सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्दछ भन्दै समाज स्थापना चर्चाका साथै आगामी दिनमा समाजले ध्यान दिनुपर्ने विषयहरु प्रस्तुत गरे ।
साधारणसभामा समाजका सचिव इन्द्रप्रसाद गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सावित्री गुरुङले आर्थिक प्रतिवेदन र आमा समुहका कोषाध्यक्ष साधना गुरुङ प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका अध्यक्ष मोतीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष दीपककुमार गुरुङले स्वागत र सचिव इन्द्रप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए ।