पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी समितिको दोस्रो अधिवेशन यही साउन २० गते, शनिबार तमुधिं नेपाल, नयाँ बजारमा सम्पन्न भएको छ । अधिवेशनले सुदीप गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको यस समितिमा उपाध्यक्ष जितेन गुरुङ, उपाध्यक्ष प्रिया गुरुङ, सचिव कविता गुरुङ, सहसचिव प्रज्ज्वल गुरुङ, कोषाध्यक्ष पञ्चकुमारी गुरुङ, सहकोषाध्य एलिना गुरुङ, सदस्य हसिला गुरुङ, मुना गुरुङ, मोनिका गुरुङ, कृष्टिना गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, नेहा गुरुङ, चित्रकाशी गुरुङ, लिजा गुरुङ, विनोद गुरुङ, प्रेम गुरुङ, आकृति गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको पहल र समन्वयमा सम्पन्न उक्त अधिवेशन प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुको संयोजकत्वमा कोषाध्यक्ष श्यामबहादुर तमु र सदस्य लोकबहादुर तमुको तीन सदस्यीय निर्वाचन मण्डलले पूर्णता दिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमु, प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्य लोकबहादुर तमु, नव निर्वाचित विद्यार्थी समितिको अध्यक्ष सन्दिप तमु तथा सचिव कविता तमुले आफ्ना भनाइ व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन सचिव कन्चन तमुले गरेका थिए ।