लन्डन । कृष्णकुमार गुरुङ निर्देशित चलचित्र झुपडीको बेलायतमा दोस्रो प्रदर्शन भएको छ ।
पर्वत कुश्मामा रहेको आनन्द गुम्बाको सहयोगार्थ यही १६ जुलाई २०२३ आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा चलचित्र झुपडी प्रदर्शन गरिएको हो । तमु धीं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङले फिल्म मन छुने बनेको प्रतिक्रिया दिए।
कोभिड–१९ महामारीकाबीच छायांकनसँगै पोस्ट प्रोडक्सन सकाइएको चलचित्र पर्वतमा छांयाङ्कन गरिएको हो ।
चलचित्रका निर्माताहरुमा हितकाजी गुरुङ (यूके), श्री गुरुङ (जापान), युवन गुरुङ (यूके), पृथ्वी गुरुङ (हङकङ), राजकुमार गुरुङ (अमेरिका), कोमल गुरुङ (यूके) रहेका छन् भने कार्यकारी निर्माता राम बहादुर गुरुङ रहेका छन्।
भकारी इभेन्ट्स प्रा.लि.ले प्रस्तुत गरेको चलचित्रमा कृष्ण कुमार गुरुङ, युवन गुरुङको शब्द संगीत रहेका चलचित्रका गीतमा कर्ण दास, तारा श्रीष र प्रितम गुरुङको स्वर रहेको छ ।
चलचित्र निर्माता एवं एनआरएनए यूके अध्यक्षका उम्मेदवार हित काजी गुरुङले चलचित्र प्रदर्शनमा मुख्य संयोजक चलचित्रकर्मी तमुधिं युकेका सचिव पानस रेस्टुरेन्टका संचालक बिमल गुरुङ, संयोजकहरु पर्वत वेल्फेयर सोसाइटी युकेको अध्यक्ष अप्सरा गुरुङ, तमुधिं युकेका महासचिव समाजसेवी डा. विशाल गुरुङ, फोटो पत्रकार एवम् गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले विशेष भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।
त्यस्तैगरी प्रदर्शनको सफलताको लागि शुभकामनासहित पहल गरिदिने विशिष्ट व्यक्ति चलचित्र निर्माता गीतकार एकेन्द्र गुरुङ, चर्चित कलाकार नायिका मोडेल रजनी गुरुङ तथा प्रायोजकहरु, सम्पूर्ण समाजसेवी व्यवसायीहरु, चारभन्ज्याङवासी इस्टमित्र तमुधिं युके, पैयुखोला तमु समाजलगायत सम्पूर्ण दर्शकहरुलाई झुपडीको तर्फबाट धन्यवादसहित आभार प्रकट गरिएको छ । चलचित्र निर्माणमा निर्देशक कृष्णकुमार गुरुङ, सहनिर्देशक सोम गुरुङलगायतको भूमिका छ ।