पोखरा । लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, विकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, सञ्जित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ छन् ।
लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङको संयोजकत्वमा बैनबहादुर गुरुङ, विष्णुकुमार गुरुङ, लालसुब्बा गुरुङ, चन्द्रबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, टेकबहादुर गुरुङ र नारायण गुरुङ रहेको अध्यक्ष मण्डल एवं निर्वाचन समिति थियो ।
एमाले केन्द्रीय कमिटी सदस्य तथा रुपा गाउँपालिका इन्चार्ज एवं पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरेको कार्यक्रममा नवनिर्वाचित कमिटीलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ खुवाए । उनले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।
लोकतान्त्रिक तमु संघ कास्कीका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, लोकतान्त्रिक तमु संघ केन्द्रिय उपाध्यक्ष(प्रवास) गमबहादुर गुरुङ, केन्द्रीय कोषाध्यक्ष बैनबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष कर्णबहादुर गुरुङ, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष एवं कास्की इञ्चार्ज पवित्रादेवी गुरुङ, नेकपा एमाले रुपा गाउँपालिका कमिटी सचिव टेकबहादुर गुरुङ, वडा ५ कमिटी अध्यक्ष राजन खनालले शुभकामना व्यक्त गरे ।