पोखरा । लोकतान्त्रिक तमु संघ नेपाल पोखरा महानगरपालिका प्रथम अधिवेशनले खिमकुमारी गुरुङको अध्यक्षतामा २३ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।
कमिटी उपाध्यक्षमा क्या. प्रेमकुमार गुरुङ र तुलबहादुर गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिव पार्वती गुरुङ र दुतमान गुरुङ, कोषाध्यक्ष रामप्रसाद गुरुङ चयन भए । सदस्यमा मीना गुरुङ, नीरा गुरुङ, क्या. देवबहादुर गुरुङ, देवबहादुर गुरुङ, तिलु गुरुङ, हेमकुमारी गुरुङ, शान्ति गुरुङ, सुशीला गुरुङ, लक्ष्मी गुरुङ, स्नेह गुरुङ, यमबहादुर गुरुङ, डम्मरसिंह गुरुङ, शोभा गुरुङ र विकास गुरुङ छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समिति संयोजक लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रीय महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । निर्वाचन समिति सदस्यमा केन्द्रीय कोषाध्यक्ष बैनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य विष्णुकुमार गुरुङ, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष पवित्रा गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङ थिए ।
यसअघि अधिवेशन उद्घाटन गर्दै लोकतान्त्रिक तमु संघका केन्द्रीय अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य वेदबहादुर गुरुङले लोकतान्त्रिक तमु संघको ऐतिहासिकता, आवाश्यकता र उद्देश्यबारे प्रकाश पारेका थिए ।
लोकतान्त्रिक तमु संघ कास्की अध्यक्ष नारायण गुरुङको अध्यक्षता र सचिव डविन गुरुङको सञ्चालनमा कार्यक्रम भएकाे हाे ।