पोखरा । पोखराकी उषा गुरुङले सर्वोत्कृष्ट भाषाभाषी गायिकाको अवार्ड जितेकी छन् ।
पोखराबाट संचालित कास्की खबर डटकमले आयोजना गरेको प्रथम राष्ट्रिय संगीत अवार्ड–२०८० मा उनले ‘कोईलम म्हि छयाबा..’ बोलको गुरुङ गीतबाट सर्वोत्कृष्ट भाषाभाषी गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् । उक्त विधामा मनोनयनमा परेका पाँचमध्ये इसेवा भोटिङ ४०, निर्णायक समिति ५० र आयोजक १० प्रतिशत आधारमा उत्कृष्टको छनोट गरिएको हो ।
गीतमा मनोज गुरुङको शब्द/संगीत, तेजेन्द्र गुरुङको संगीत संयोजन एवं सुवास गुरुङ र उषा गुरुङको आवाज छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार भएको अवार्ड समारोहमा विभिन्न ३७ विधामा अवार्ड प्रदान गरिएको कास्की खबरका अध्यक्ष ऋषिराम दाहालले बताए ।
प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीको प्रमुख आतिथ्यमा उक्त समारोहमा विभिन्न अवार्डको लागि १ सय ८५ गीतसंगीत मनोनयनमा रहेको अवार्ड वितरण गरिएको समिति सचिव सागर कार्कीले बताए । उषाको स्वरमा २ दिनअघि मात्र गुरुङ फिल्म ‘मार्कली’को लागि ‘मलमली चोली..’ बोलको गीत सार्वजनिक भएको थियो । गीतमा उनलाई मनोज गुरुङले साथ दिएका छन् । जसको एरेन्जर तेजेन्द्र गुरुङ हुन् । सन्तोष पिठाकोटे मगरको छायांकन, छवि राना मगरको सम्पादन, अमृतमान गुरुङको कोरियोग्राफी रहेको गीतमा लब्सन गुरुङको नृत्य निर्देशन छ ।
माओत्से गुरुङ, बलबहादुर गुरुङको लेखन तथा निर्देशन एवं अर्जुन गुरुङको सहनिर्देशन छ । गीतको निर्माता रामबहादुर गुरुङ, रक्षा गुरुङ, भीम गुरुङ, राजु गुरुङ, प्रदीपकुमार गुरुङ, ईश्वर गुरुङ (महेन्द्र), सुनिता गुरुङ र बलबहादुर गुरुङ हुन् । स्ट्रिम नेपाल अफिसियल युट्व च्यानलमार्फत सार्वजनिक गीत झण्डै ३ लाखले हेरिसकेका छन् ।