Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
05:20:43
०४:२०:४३
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
खेलकुद
  • Home
  • खेलकुद
  • बेलायतमा २१औं गोर्खाकपमा उर्लियो जनसागर, एलजी लोएन्सले जित्यो उपाधि
बेलायतमा २१औं गोर्खाकपमा उर्लियो जनसागर, एलजी लोएन्सले जित्यो उपाधि
प्रकाश गुरुङ
प्रकाश गुरुङ सोमबार, जेठ १५, २०८०

लन्डन । तमुधिं युकेद्वारा आयोजित २१औं गोर्खाकप एलजी लोएन्सले हात पारेको छ । इंग्ल्यान्डको दक्षिण पश्चिममा पर्ने नेपालीहरुको घनाबस्ती रहेको सहर अल्डरसटकै क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा आइतबार भएको खेलमा मुख्य टिमतर्फ प्लमस्टेड एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै एलजी लोएन्स च्याम्पियन बनेको हो । प्लमस्टेड एफसी रनरअप भए ।

प्रतियोगितामा ४४ टिमले भाग लिएका थिए । जसमा ३२ वटा मुख्य टिम, १० वटा भेट्रेन टिम र लेडिजहरुका २ टिमले प्रतिस्पर्धा गरेका थिए । भेट्रेनतर्फ हिमालन एफसी पेनाल्टी सुटआउटबाट विजेता बने । ईन्टेक २००० ले रनरअपमा चित्त बुझाउनु पर्‍यो । लेडिजतर्फ दुई टिममात्र भएकाले क्रमशः म खेल्छु एफसी र रन्डरबोल्ट्स एफसी विजेता र रनरअप बने ।

वेष्ट प्लेयरको उपाधि सौगात गुरुङले पाए । टप स्कोररको उपाधि रेगन गुरुङले प्राप्त गरे । वेष्ट म्यानेजर एलजी लोइनका सोम गुरुङ बने । लेडिजतर्फका वेष्ट खेलाडी सुष्मिता शाही भइन् ।

मुख्य टिमका विजेतालाई २,५०० पाउन्ड, रनरअप टिमलाई १५०० पाउन्ड, भेट्रेनका विजयी टिमलाई १२०० पाउन्ड, रनरअप टिमलाई ८०० पाउन्ड र लेडिज टिमलाई ५०० पाउन्ड र ३०० पाउन्डको चेक प्रायोजकहरुले दिएका थिए । साथै विजयी खेलाडीहरुलाई मेडल र सर्टिफिकेट दिइएको थियो ।
पुरस्कारका प्रायोजकहरु क्रमशः नेपाल भिलेज टिम, श्री लक्की ज्वेलर्स अल्डरसट, हेम्पसायर एकाउन्टेन्ट लिमिटेड, मान ट्राभल्स, आइएमई नेपाल, किङ्ग्स गेट मोर्गेजेज थिए । करिब २० हजार जनसागर उर्लिएको टिकट वितरणका संयोजक श्रीचन्द्र गुरुङले बताए । 

 

प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, ब्रिगेडियर पीएस रिहाल एमबीई, विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर दर्जाहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब १५० जति अतिथि नै थिए । १६ वर्षमुनिका बेल्जियमको राष्ट्रिय खेलाडी गोरख घलेको उपस्थिति रहेको थियो। 

तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, संयोजक क्या. दिपकराज घले, टिम दर्तामा सुलभ गुरुङ, कुमार गुरुङ, ले. कुसाङ गुरुङ, मे. रि. खुशीमान गुरुङ, स्टल व्यापार संयोजक कमल गुरुङ, पाहुना सत्कारमा परशु गुरुङ, मे. रि. कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, पोर्टलु क्याम्पेनका दुर्गा गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र सम्पूर्ण टिम कार्यक्रम सफल बनाउन सक्रियरुपमा लागिपरेका देखिन्थे ।

फुटबलबाहेक छेलो प्रतियोगिता पनि आयोजना गरिएको थियो । छेलोमा प्रथम भएर निरज गुरुङले २०० पाउन्ड र भेट्रेन तर्फको प्रथम गोकुल गुरुङले २०० पाउन्ड पुरस्कार पाए । ठेलोको पुरस्कार प्रायोजक सेवा मोर्गेजेजले गरेको थियो । 

आरएलसी टिमले पारासुट डिस्प्ले गरेको थियो । सयपत्री कल्चरल ग्रुपले सानो नानीहरुको अति आकर्षक नाच प्रस्तुत गरेको थियो । गायक धिराज राईले बुद्ध वाज बोर्न इन नेपाल गीत गाएका थिए । 

प्रवेश र टिकटको कठिन जिम्मेवार साउथईष्ट रेजिनल तमुधिंले निभाएको थियो । घमाइलो दिन बिहानदेखि नै भोलेन्टियरहरु खटिएका थिए । टिकट छपाउनको लागि घले मोर्गेजेजले १६०० पाउन्ड प्रायोजन गरेको कोषाध्यक्ष दिलमाया गुरूङले बताइन् । यसपटकको गोर्खाकप विशेष रहेको आयोजक बताउँछ । 'पहिलो पटक नेपालबाट खेलाडी उतार्न सफल भयौं । वेल्स, स्कटल्यान्ड र नेदरल्यान्डबाट पनि सहभागी भए । र अहिलेसम्मको नै अधिकतम दर्शकहरु सहभागी भए। यो तमुधिं युकेको मात्र नभई सम्पूर्ण यूकेवासी नेपालीको सफल कार्यक्रमको उदाहरण भयो,' अध्यक्ष हरि गुरुङले गोर्खा मिडियासँग भने । 

कार्यक्रममा तमुधिं अध्यक्ष हरि गुरुङ, संयोजक क्या. दिपक गुरुङ, नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र मेयर ग्राथनले छोटो मन्तव्य राखेका थिए । धौलागिरि नौमती बाजाका साथ भीआईपीहरुलाई आगमन गराएको थियो । 

नेपालबाट आएका खेलाडीहरुले पहिलो पटक गोर्खाकपको अनुभव लिएको नेपाल टिम कप्तानले बताए ।

 


प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
बेलायतको फोक्सटनमा २१ जूनमा गल्फ च्याम्पियनसिप, प्रिया र रिनाको सांगीतिक धमाका
बेलायतको फोक्सटनमा २१ जूनमा गल्फ च्याम्पियनसिप, प्रिया र रिनाको सांगीतिक धमाका बिहीबार, जेठ २९, २०८२
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी बुधबार, जेठ २८, २०८२
नेपाल फुटबलमा पहिलो पटक लाओससँग पराजित
नेपाल फुटबलमा पहिलो पटक लाओससँग पराजित मंगलबार, जेठ २७, २०८२
प्रकाश र मन्दा गुरुङले जिते गोर्खा रन
प्रकाश र मन्दा गुरुङले जिते गोर्खा रन सोमबार, जेठ २६, २०८२
ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपाली सरिना घलेलाई स्वर्ण 
ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपाली सरिना घलेलाई स्वर्ण  सोमबार, जेठ २६, २०८२
घरेलु टोली स्कटल्यान्डसँग नेपाल २ रनले पराजित
घरेलु टोली स्कटल्यान्डसँग नेपाल २ रनले पराजित सोमबार, जेठ २६, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

gurkhamedia18@gmail.com

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्