पोखरा । तमु धीं यूकेले आयोजना गर्न लागेको गोर्खा कप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पोखराका खेलाडी बेलायत आउँदै छन् ।
बेलायत आउन लागेका पोखरा महानगरपालिका एघारका खेलाडीहरुलाई भ्रमण सुखमय होस् र प्रतियोगितामा सफलता हासिल गहोस् भनी बगर भाईखलकले शनिबार बिदाई कार्यक्रम सम्पन्न गरेको हो । यूके जान भिसाको लागि बगर भाईखलक यूके र तमु धिं यूकेले संयोजन गरेका थिए । गोर्खा कपको एक्काइसौं संस्करण यहि मे २८ बाट यूकेमा सुरु हुदैँछ । युकेमा पोखरा एघारका खेलाडीहरुलाई भब्य स्वागत गर्न बगर भाईखलक यूकेले आवश्यक तयारी समेत गरेको छ ।
उनीहरुको यूके बसाई सुखमय र स्मरणिय होस् भनी बगर भाईखलक यूकेले आवश्यक ब्यबस्थापन गर्ने भएको छ । उनीहरुको स्वागत र सम्मानको लागि एम्पायर हलमा एक समारोहको आयोजना समेत गर्ने भएको जनाएको छ । बिसांै सस्करण २०२२ मा खुल्ला ३२ टीम, भेट्रान ८ टिम र पहिलो पटक महिला २ टिमको सहभागिता रहेको थियो ।
पोखरा ११ टिममा बगर भाईखलकका सल्लाहकार अबतार गुरुङ, कार्यसमिती सदस्य द्वय इस्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, खेलाडीहरु कुमार गुरुङ, राजु हमाल, राजेन्द्र तामाङ र संस्थाका शुभचिन्तकहरु, कास्की जिल्ला फुटबल संघ अध्यक्ष उज्वल रन्जित, उपाध्यक्ष नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।