काभ्रेपलाञ्चोक । बेलायतबाट सञ्चालित माइला–कान्छा अभियान (पार्वती र माया गुरुङ) ले बनेपा नगरपालिका–८ मा प्यारालाइसिस पीडितलाई सहयोग गरेको छ ।
केही वर्षअघि टाउकोको शल्यक्रिया गर्दा बिग्रिएर प्यारालाइसिस भएका पीडित धनबहादुर मानन्धर र कान्छी मानन्धरको जीवन गुजाराका लागि ४० हजार रुपैयाँ सहयोग गरिएको हो । नेपालमै रहेकी पार्वती गुरुङ बिहीबार पीडित मानन्धरकै घरमा पुगी सहयोग रकम हस्तान्तरण गरेकी थिइन् । माया गुरुङ भने शुक्रबार कर्मथलो बेलायत फर्कने तयारीका कारण उक्त कार्यक्रममा सहभागी भइनन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा इन्द्रशोभा मिलन युवा केन्द्रका अध्यक्ष हरिबहादुर थापा, कांग्रेसको युवा संगठन तरण दल बनेपा नगर समितिका सुधीर वैद्य, विजेन रन्जीतलगायत सहभागी थिए । माइला कान्छा अभियानले जम्मा ७६ हजार सहयोग हस्तान्तरण गरेकोमा ४० हजार मानन्धर दम्पतीलाई दिइएको छ भने बाँकी ३६ हजार वडा नम्बर १ का पीडितलाई दिइने अध्यक्ष थापाले कार्यक्रमा जानकारी गराएका छन् ।
साउथ इस्ट लन्डनका सेभेन् सिस्टरले गत वर्ष गोर्खा कपमा काँक्रो बेचेर आम्दानी गरेकोमध्ये १०० पाउन्ड, तीन कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ, पार्वती गुरुङ) स्याङ्जा जिल्ला बेजाङ गाउँ भएर पोखरा हुँदै यूकेमा बस्ने भीमबहादुर गुरुङ र भावना गुरुङले ३५ पाउन्ड, साउथ इस्टकै रोशनी कंसाकार र स्वागत कंसाकार २५ पाउन्ड गरी ७६ हजार जम्मा गरिएको पार्वती जानकारी गराइन् ।
आफूहरुको अभियानलाई साथ दिएर सधैं सफल पार्ने सहयोगी हातहरुलाई अभियन्ता पार्वती गुरुङले धन्यवाद दिइन् । उनले इन्द्र शोभा युवा मिलन केन्द्रका अध्यक्ष हरिबहादुर थापामार्फत धेरै मानवीय सेवाका काम गर्न पाएको उल्लेख गर्दै त्यसका लागि उहाँ र उहाँका टीमलाई धन्यवाद दिइन् । मानन्धर दम्पतीको जीवन गुजारामा भरथेग हुने र मुहारमा खुसी हुने हिसाबले सानो सहयोगको प्रयास गरिएको पनि पार्वतीको भनाइ छ ।
भूकम्पदेखि कोभिड–१९ को बेलामा पनि आफ्नो ज्यान जोखिममा राखेर माइला कान्छा अभियानले करिब ३ करोडभन्दा बढी नेपाल भित्र्याइसकेको छ ।
त्ष्पब
यसअघि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्वती, माया र कविता गुरुङले मानव आश्रम गण्डकी शाखा पोखरालाई आर्थिक सहयोग गरेका थिए । आश्रममा रहेका करिब ७० जना आमाहरुका लागि एक छाक विशेष खानाको निमित्त १८ हजार रुपैयाँ नगर प्रदान गरिएको हो ।