उकाली ज्यानको घुमाउने बाटो छेउमा छ देउराली
देउराली भाकी भर्नेछु कान्छी, राख है सिउँदो खाली !!
म पनि कुमार तिमी नि कन्ये, के छ र अरु बाँकी ?
देउतालाई भाकी जोडेको नाता हुँदैन तलमाथि
उकाली ज्यानको घुमाउने बाटो छेउमा छ देउराली
देउराली भाकी भर्नेछु कान्छी, राख है सिउँदो खाली !!
ढोगौला ढुंगा, ढोगौला माटो राखेर फूलपाती
सुम्पेर जीवन परें है कान्छी लौ भर तिमीमाथि
उकाली ज्यानको घुमाउने बाटो छेउमा छ देउराली
देउराली भाकी भर्नेछु कान्छी, राख है सिउँदो खाली !!
ताप्लेजुङ, हाल : युके