पोखरा । तमु धिं नेपाल कास्की जिल्ला समिति अन्तर्गत तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङको अध्यक्षतामा १४ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।
तमु धिं नेपालमा आइतबार आयोजित भेलाल बिद्यार्थी समितिको उपाध्यक्षमा अनुष्का गुरुङ, सचिवमा सुमित गुरुङ, महिला सचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा बिनिता गुरुङ र सदस्यहरुमा आस्था गुरुङ, मेग्मा गुरुङ, एन्जिला गुरुङ, इम्प्रेस्का गुरुङ,अपिल गुरुङ, बिबेक गुरुङ, मुनाल गुरुङ, राहुल गुरुङ र सुस्मिता गुरुङ रहेका छन् ।
नवनिर्वाचित विद्यार्थी समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतले खदा लगाएर बधाई ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष सतिस गुरुङले तमु विद्यार्थीहरुलाई संगठित गर्ने, मौलिकता संरक्षण, साँस्कृतिक अभियान, तमु बिद्यार्थीहरुको क्षमता अभिवृद्धि साथै तमु धिंलाई सुढृढ गर्ने सक्दो पहल प्रतिवद्धतासहित जिम्मेवारी प्रदान र अभिभावकत्वका लागि तमु धिंलाई धन्यवाद व्यक्त गरे ।
तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङले बधाई दिदैं आर्थिक ब्यवस्थापन, परिचालनको बारेमा चर्चा गर्नुहुदै तमु धिं नेपालको तर्फबाट प्रारम्भिक कोषको लागि १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
यसरी नै तमु धिं नेपाल कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङले नवनिर्वाचित समितिलाई बधाई साथै सफल कार्यकाल शुभकामना व्यक्त गर्दै संस्था एवम सामुदायिक दायित्वका लागि बिद्यार्थीहरु संगठित आजको आवाश्यकता रहेको बताए । 
