नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले रवि लामिछानेलाई निर्विरोध सभापति चयन गर्दै ९९ सदस्यीय निर्वाचित केन्द्रीय समिति निर्वाचित गरेको छ। निर्वाचन परिणामको जातीय विश्लेषण गर्दा पार्टीको माथिल्लो तहमा खस आर्य समुदायको भारी उपस्थिति देखिएको छ। निर्वाचित कुल सदस्यमध्ये ५९.४ प्रतिशत हिस्सा खस आर्यकै रहेको छ, जुन सरकारी निकायका लागि तोकिएको ३१.२ प्रतिशतको कानुनी मापदण्डभन्दा निकै बढी हो।
अन्य समुदायको हकमा भने पार्टीको निर्वाचित संरचनामा समावेशिताको अवस्था कमजोर देखिएको छ। आदिवासी जनजातिबाट १४.८५ प्रतिशत, मधेशीबाट ११.८८ र दलितबाट ६.९३ प्रतिशत सदस्य मात्र निर्वाचित भएका छन्। थारू र मुस्लिम समुदायको प्रतिनिधित्व झन् न्यून रहँदै क्रमशः २.९७ र १.९८ प्रतिशतमा सीमित भएको छ। कानुनी रूपमा दलितका लागि १३.८, थारूका लागि ६.६ र मुस्लिमका लागि ४.४ प्रतिशत सहभागिताको अपेक्षा गरिए पनि रास्वपामा यी समुदायको उपस्थिति तोकिएको भन्दा आधा पनि पुग्न सकेको छैन। खस आर्य बाहेक अन्य कुनै पनि समुदायको समानुपातिक प्रतिनिधित्व हुन नसकेको तथ्याङ्कले स्पष्ट पारेको छ।
१५८ सदस्यीय हुने रास्वपाको केन्द्रीय कार्यसमितिमा महाधिवेशनबाट आएका ९९ जनासँगै सभापति र सात प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था छ। बाँकी ५१ सदस्य भने सभापतिले मनोनित गर्ने प्रावधान विधानमा छ। ९९ जना निर्वाचित हुने क्रममा पार्टीले ३२ सिटलाई समावेशी क्लस्टरका रूपमा आरक्षित गरेको छ। जसमा खस आर्यका १०, जनजातिका ९, मधेशी र दलितका ५/५, थारूका २ र मुस्लिमका लागि १ सिट सुरक्षित गरिएको छ। यो समूहबाट चुनिँदा कम्तीमा एक जना अपाङ्गता भएका व्यक्ति र एक जना पिछडिएको क्षेत्रका उम्मेदवार अनिवार्य हुनुपर्ने नियम छ।
महिला सहभागिताको विषयमा भने पार्टीको विधान निकै स्पष्ट देखिएको छ। कूल १५८ सदस्यमध्ये कम्तीमा ५३ जना महिला हुनैपर्ने अनिवार्य व्यवस्था विधानमा छ। त्यस्तै, प्रदेशबाट निर्वाचित हुने ३५ सदस्यमध्ये १४ जना र राष्ट्रिय खुला तथा समावेशी क्लस्टरका ६४ सदस्यमध्ये १९ जना महिला हुनुपर्ने प्रावधान समेटिएको छ। अहिले निर्वाचित सदस्यहरूमा देखिएको जातीय असन्तुलनलाई अब हुने ५१ जनाको मनोनयनले कसरी सम्बोधन गर्छ भन्ने विषयले पार्टीको समावेशी चरित्र निर्धारण गर्ने देखिन्छ।
९९ केन्द्रीय सदस्यमा समुदायगत प्रतिनिधित्व
खस आर्य
१ डा. स्वर्णिम वाग्ले
२ सोविता गौतम
३ शिशिर खनाल
४ सागर ढकाल
५ डा. तोसिमा कार्की
६ रञ्जु दर्शना (न्यौपाने)
७ हरि ढकाल
८ कविन्द्र बुर्लाकोटी
९ विपिनकुमार आचार्य
१० रमेश प्रसाई
११ निशा डाँगी
१२ गणेश पराजुली
१३ पुकार बम
१४ जगदीश खरेल (ल.पु.)
१५ सुलभ खरेल
१६ यज्ञमणि न्यौपाने
१७ सस्मित पोखरेल
१८ राजुनाथ पाण्डे
१९ राजीव खत्री
२० समिक्षा बास्कोटा
२१ गणेश कार्की
२२ हिमेश पन्त
२३ जगदीश खरेल (दोलखा)
२४ लीमा अधिकारी आचार्य
२५ खसुशान्त वैदिक
२६ सुदीप ढकाल
२७ हेमराज भट्ट
२८ प्रदीप विष्ट
२९ डिल्लिश्वोर कार्की
३० प्रकृति ढकाल
३१ टिका संग्रौला (ज्वाला)
३२ क्रान्तिशिखा धिताल
३३ जमुना शर्मा
३४ सुशीला कार्की पोखरेल
३५ विश्वराज पोखरेल
३६ शोभा कार्की
३७ कल्पना थापा बस्नेत
३८ सुष्मा बस्नेत
३९ प्रभा ढकाल
४० विदुषी राणा
४१ आकांक्षा पोखरेल
४२ पार्वती थापा
४३ पवित्रा थापा
४४ मनिष खनाल
४५ सागर भुसाल
४६ सोम शर्मा
४७ कल्पना पाण्डे
४८ संगिता ढकाल
४९ ज्ञानु पौड्याल
५० देवराज पाठक
५१ सर्मिला खनाल
५२ विनिता कठायत
५३ मेनुका शाही
५४ प्रकाश न्यौपाने
५५ हेमराज थापा
५६ केपी खनाल
५७ दीपकराज बोहरा
५८ जानीका जोशी
५९ चन्द्र ऐर चाँदनी
६० प्रमोद न्यौपाने
आदिवासी जनजाति
१ विराजभक्त श्रेष्ठ
२ इन्दिरा राना मगर
३ मिलन लिम्बु
४ शंकर श्रेष्ठ
५ मिङ्गा डण्डु शेर्पा
६ महेश लामा
७ कृष्णमान श्रेष्ठ
८ आशिका तामाङ्ग
९ अनुष्का श्रेष्ठ
१० निशा श्रेष्ठ
११ कुशुम महर्जन
१२ सुजाता तामाङ
१३ अनिता श्रेष्ठ
१४ विष्णुकुमारी गुरुङ
१५ टासी ल्हाङ्गजोम
मधेशी
१ मनिष झा
२ असिम साह
३ निशा मेहता
४ बब्लु गुप्ता
५ अरविन्द साह
६ दिपककुमार साह
७ जुली यादव
८ कामनी कुमारी चौधरी
९ सुनिताकुमारी यादव
१० नमिता यादव
११ मञ्जु सिंह
१२ अंकितकुमार यादव
दलित
१ रिमा विश्वकर्मा
२ खगेन्द्र सुनार
३ विजय जैरु
४ शिव नेपाली
५ सविना बिक
६ खिमा बिक
७ सिता वादी
थारू
१ गीता चौधरी
२ करिष्मा कठरिया
३ अशोकुमार चौधरी
मुस्लिम
१ समिना मियाँ
२ रहवर अन्सारी