लन्डन । बेलायतको रेडिङ शहरमा ‘रेडिङ नेपाली रनर्स १० के रन’ सम्पन्न भएको छ ।
नेपाल रन यूकेको सहयोग र रेडिङ नेपाली रनर्स समूहको आयोजनामा आइतबार दौड सम्पन्न भएको हो । डिन्टन पास्चर्स कन्ट्री पार्कमा भएको दौडमा लन्डन, अल्डरसट, बेजिङस्टोक, डार्टफोर्ड, बेक्सली, तथा स्कटल्यान्डबाट ३०० हाराहारी धावक सहभागी भएका थिए ।
खुला पुरुषतर्फ लककुमार आङ्थुपो विजेता बने । उनले उक्त दूरी ३९ः१३ मिनेटमा पूरा गरे । नारायण पन्त दोस्रो र नारायण कटुवाल तेस्रो भए ।
खुला महिलातर्फ हाप्रस हंसरा प्रथम भइन् । सावित्री कुँवर दोस्रो र साबी पुन तेस्रो भए । ४० वर्षदेखि ४९ वर्षको भेट्रान पुरुषतर्फ रुद्र लिम्बु र महिलातर्फ मनिषा लिम्बू पहिलो भए ।
यसैगरी, ५० वर्षदेखि ५९ वर्षसम्मको उमेर समूहअन्तर्गत पुरुषतर्फ लक्ष्मण गुरुङ प्रथम र महिलातर्फ हिलारी रेनी विजेता बने । ६० माथिको उमेर समूहमा पनि प्रतियोगिता भएको थियो । जसमा पुरुषतर्फ तिलविक्रम सम्बाहाम्फे र महिलातर्फ रुक्मिणी थापा प्रथम भए ।
विजेतालाई प्रमुख अतिथि एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, नेपाल रन यूकेका संस्थापक सन्तोष राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।