काठमाडौँ । नेपाल मगर संघको अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् ।
काठमाडौँमा सोमबार सम्पन्न १३औँ राष्ट्रिय महाधिवेशनबाट चार उम्मेदवारलाई पराजित गर्दै रक्षबहादुर १९६ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । निर्वाचित अध्यक्ष रक्षबहादुरका निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगरलाई निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षतर्फ महिलामा सीता राना मगर, खुलामा कविराज मगर र तेजबहादुर आले मगर, सांस्कृतिकतर्फ दीपसागर मगर, मगर ढूटतर्फ हर्क आले मगर, मगर खामतर्फ जीवनप्रवेश रोकाय मगर र मगर काइकेतर्फ भीम मगर निर्वाचित भएका छन् ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुन मगर र हिरूसरा राना मगर निर्वाचित भएका छन् । सचिवमा बिष्णुबहादुर राना मगर, झबीन्द्र थापा मगर र तारामाया थापा मगर निर्वाचित भएका जनाइएको छ ।
संघको कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएका निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्ती मगरले जानकारी दिए । महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा जुनु पुन मगर, गिरमान गाहा मगर, रमेश पुन मगर, इन्द्र सारू मगर, रमेश थापा मगर, महेश राना मगर, तारा रैका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन् ।