लन्डन । यती नेपाली एसोसिएसन यूकेले आगामी २७ सेप्टेम्बर शनिबार यती कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
साउथ ह्यारोस्थित नेवा छेः मा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एसोसिएसनका अध्यक्ष टंक भट्टराईले फेल्थाममा यति कप गर्न लागेको जानकारी दिएका हुन् । प्रतियोगितामा ९ ए साइडका २४ मेन टिम र १२ भेट्रान टिम सहभागी हुनेछन्।
विजेता टिमलाई ३ हजार ३३३ (मेन) र १ हजार २२२ (भेट्रान) को नगद पुरस्कार राशि र कप, प्रमाण पत्र रहेको छ । उपविजेता टिमले क्रमश: १ हजार ५५५ र ५ सय ५५ पाउन्ड प्राप्त गर्नेछन् ।
वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने छ ।
खेलसँगै नेपाली खाना, सांस्कृतिक स्टल र लाइभ म्युजिक पनि रहने आयोजकले जनाएको छ । प्रतियोगिता प्रवेश निःशुल्क हुने
छ।
यती अध्यक्ष भट्टराईले प्रतियोगिता व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए।
कार्यक्रममा पूर्वअध्यक्ष उमेशराज मोक्तान, वर्तमान वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्ट पनि सहभागी थिए ।