लन्डन । मिस्टर यूके नेपालको उपाधि विप्लव कार्कीले जितेका छन् ।
यूके नेपाल इन्टरनेसनल बडिबिल्डिङ लिग २०२५ मा कार्कीले अन्य सात जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै कार्कीले नगद १,००० पाउन्ड पुरस्कार प्राप्त गरे ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित २२ जुनमा सम्पन्न प्रतियोगितामा सुरेश गुरुङ उपविजेता घोषित भए भने खिमबहादुर पुर्जा पुन तेस्रो र गोकुल गुरुङ चौथो स्थानमा रहे ।
-1750731687.jpg)
४५ वर्षमाथिका प्रतिस्पर्धीहरूको ‘मास्टर क्याटेगोरी’मा नेत्र फगामी प्रथम, उमेशकुमार पुन दोस्रो, कबलसिंह राई तेस्रो र भीम आले चौथो स्थानमा रहे ।
त्यस्तै, मेन फिजिक्स क्याटेगोरीमा आयुष बुढाथोकी प्रथम, अनीश गुरुङ दोस्रो, नामहाङ सुनदिप लिम्बू तेस्रो र सोहन लामा चौथो भए ।
बिकिनी क्याटेगोरीमा गंगा के गुरुङ पहिलो स्थानमा रहिन् ।
-1750731712.jpg)
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष गंगा गुरुङ र विश्व च्याम्पियन, धर्मश्री २०५५ का विजेता आईबी जीवन गिरीले पानसमा बत्ती बालेर गरेका थिए । गिरी प्रमुख अतिथि थिए ।
उपाध्यक्ष लोक गुरुङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन सूर्य गुरुङले गरेका थिए । उनलाई सिभिरा लामाले सहयोग गरेकी थिइन् ।
-1750731889.jpg)
सांस्कृतिक कार्यक्रमले पनि आकर्षण थपेको कार्यक्रममा प्रमुख अतिथि गिरीले आयोजक र सहभागीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष गंगा गुरुङले अन्त्यमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
-1750732187.jpg)
-1750732198.jpg)
-1750732212.jpg)
-1750733705.jpg)
-1750733721.jpg)