लन्डन । तमुधीं यूकेको निमन्त्रणामा २३ औं गोर्खा कपमा सहभागी हुन बेलायत आएकी नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी 'साम्बा'को दैनिकी व्यस्त देखिएको छ ।
साम्बालाई स्वागत, सम्मान ग्रहण, भेटघाट र खेललगायत औपचारिक गतिविधिमा सहभागी हुन भ्याइनभ्याइ भएको हो । २२ मे २०२५ साँझ लन्डन उत्रिएकी साम्बा शुक्रबार दिनभर अल्डरसटमा रहेका नेपाली र गैरनेपालीको व्यवसायहरुमा पुगेकी थिइन् ।
तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, सचिव विमल गुरुङलगायतको साथमा उनले करिब दर्जन नेपाली व्यवसायको दैलो टेकिन् । प्राप्त जानकारी अनुसार सूर्य गुरुङ प्रबन्ध निर्देशक रहेको पिपल ग्रुप, एनआरएनए आईसीसी सदस्य रहेका व्यवसायी दिलरास गुरुङ प्रबन्ध निर्देशक रहेका गोर्खा ट्राभल्स, शान्त र रुममाया गुरुङले सञ्चालन गरेको उमरु क्लोथिङ, दिदीको सप, चौतारी क्याफे एन्ड रेष्टुरेन्ट, नवीन नवीन ज्वेलर्स, प्रेम विश्वकर्मा दम्पतीले सञ्चालन गरेको दिप ज्वेलरिज, लामा ज्वेलर्स यूकेलगायतमा साम्बा पुगेकी थिइन् ।
-1748075177.jpeg)
-1748075148.jpeg)
यस्तै शुक्रबार बेलायतका विभिन्न ठाउँमा भ्रमण गराएपछि रात्रिभोजसहित बेलुकी बगर भाइ खलक यूकेले गोर्खा प्यालेस रेस्टुरेन्टमा एक समारोहबीच स्वागत तथा सम्मान गरेका थिए । बगर भाइ खलक यूकेका ओमप्रकाश गुरुङ, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ,महासचिव डा.विशाल गुरुङ, सचिव विमल गुरुङ , आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ,तमुधीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, ले.रि. कुसाङ गुरुङ, बगर भाइ खलक यूकेका निवर्तमान अध्यक्ष तथा व्यवसायी दिलरास गुरुङलगायतको उपस्थिति थियो ।
उनलाई बेलायतमा स्वागत गर्दै थप प्रगतिका लागि बधाई तथा शुभकामना दिइएको थियो । साथमा हरेकले मायाको चिनोसमेत प्रदान गरिएको थियो । टेलिभिजन पर्दामा देखिरहेकी साम्बालाई प्रत्येक्ष भेट्दा बेलायतवासी नेपाली निकै हर्षित भएका थिए भने स्वयं साम्बा पनि खुसी देखिन्थिन् ।
-1748075185.jpeg)
-1748075177.jpeg)
चौतारी क्याफे एन्ड रेष्टुरेन्टमा शनिबार सहारा यूकेसँग ब्रेक फास्टसहित स्वागत, सम्मान , विभिन्न खेल हेर्न सहभागी हुने कार्यक्रम साम्बाको छ । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा सिधै बेलायत आएकी हुन् । साम्बालाई नेपालीहरुले निकै माया र चासो दिएका छन् । बिहीबार बेलुका उनलाई हिथ्रो एयरपोर्टमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, पूर्वखेल सचिव देव घले, तमूधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ, सदस्य अजयजङ थापा, साम्बाका नातेदार नारायण भण्डारीलगायतले स्वागत गरेका थिए ।
साम्बालाई फ्रान्सबाट लन्डन ल्याउन तथा लन्डनमा खान बस्नको प्रायोजन पिपल ग्रुप र यसका प्रोप्राइटर सूर्य गुरुङले गरेका छन् । पिपल ग्रुपले बेलायतमा पिपल रियल स्टेट, पिपल मर्गेज, पिपल एकाउन्टिङ सञ्चालन गरिरहेको छ । फ्रान्सदेखि बेलायत यात्रा पिपल ग्रुमका एमडी सूर्य गुरुङले एकदमै सहज बनाइदिएको भन्दै साम्बाले धन्यवाद तथा आभार प्रकट गरिन् ।
साम्बा आइतबार अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने गोर्खा कपमा सहभागी हुनेछिन् । उनी लन्डनबाट मंगलबार बैंकक प्रस्थान गर्नेछिन् । बैंककमा नेपाली राष्ट्रिय महिला टोलीले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
-1748075172.jpeg)
-1748075166.jpeg)


भिडियो