अल्डरसट । तमु धीं यूकेको आयोजनामा हुने गोर्खा कपको २३औँ संस्करणको तयारी पूरा भएको छ । तमु धींले शनिबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर गोर्खा कपको तयारीबारे जानकारी गराएको हो ।
गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिव क्याप्टेन दीपक घलेले पावर प्वाइटमार्फत गोर्खा कप २०२५ को तयारीबारे जानकारी दिए । उनका अनुसार यस वर्ष गोर्खा कपमा, मुख्य टिम ३२ र भेटेरान टिम १६ तथा दुई महिला टिम गरी ५० टिमले भाग लिने छन् । सहभागी टिमको टुंगो लागिसकेको छ । टिमले अनलाइनमार्फ आफ्नो दर्ता गराएका थिए ।
पत्रकार सम्मेलनमा सहभागी टिमको ड्रसमेत गरिएको थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप सञ्चालक समितिको सहयोगमा टिम ड्र गरेका थिए । टिम ड्र गर्नमा गोर्खा कपका पूर्वसंयोजकहरू हिरा गुरुङ, कुमार गुरुङ, कुमार घलेले साथ दिएका थिए ।

ड्रअनुसार मुख्य टिमको ग्रुप एमा २आरजीआर, म्यानमार रिभोलुसन, एफसी केन्नी र हिमालयन नेप्लिज एफसी रहेका छन् । ग्रुप बीमा ब्रिगेड ब्वाइज क्लब, कनेक्ट नेपाल फुटबल टिम, पिपल फेल्थाम युनाइटेड एफसी र राङबाङ समाज एफसी रहेका छन् ।
ग्रुप सीमा वाटरलेमन एफसी, एफसी केन्ट, मोना यूके र न्युनेटन नेप्लिज फुटबल क्लब तथा ग्रुप डीमा धरान ११ एफसी, हाङथुम एफसी, नेपाली ड्रिम टिम र एनवाईसी एफसी टोली समावेश छन् ।
यसैगरी, ग्रुप ईमा एलजी लायन्स, गुरुजी एलाइट, अक्सफोर्ड युथ र इरिस लक तथा ग्रुप एफमा बीवाईएनसी, नर्थहोल्ट एफसी, तामाङ समाज यूके र घान्द्रुक एफसी समेटिएका छन् ।
मेन टिमकै ग्रुप जीमा साहारा यूके, प्लमस्टिड एफसी, युनिभर्सिटी अफ रोह्याम्पटन र बीजी एफसी तथा ग्रुप एचमा एफसी तोङ्बा क्यूजीई, टीडब्ल्यू वारियर्स, एफसी पूर्व र नटिंघम नेपाली फुटबल क्लब रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
भेटेरानतर्फ ग्रुप एमा इन्टेक २०००, पोखरा युनाइटेड, लमजुङ समाज यूके र हिमालयन एफसी ग्रुप बीमा इलाम एफसी, इन्टेक ४, नखिबोट युथ क्लब र एनवाईसी यूके रत्नचोक रहेका छन् । ग्रुप सीमा ब्रिगेड ब्वाइज क्लब, न्युनेटन एफसी, खाम्लालुङ यूके एफसी र एनएएफसी तथा ग्रुप डीमा धरान ११ एफसी, सगरमाथा नेपाली कम्युनिटी, गण्डकीन्स र मोना यूके रहेका छन् ।

महिलातर्फ भने दुई टिम तामाङ समाज यूके र लन्डन गल्स एफसी मात्र रहेका छन्। यी दुई टिमबीच फाइनल खेल हुनेछ ।
यस वर्षको गोर्खा कप आगामी २५ मेका दिन अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने तय छ ।
गोर्खा कपको मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८०० पाउन्ड पुरस्कार पाउने छन् । यस्तै, भेटेरानका विजेताले १ हजार ५०० र फस्ट रनरअपले १ हजार पाउन्ड तथा महिलातर्फ विजेताले ६०० पाउन्ड र फस्ट रनरअपले ४०० पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ ।