काठमाडौँ । विश्वकप क्रिकेट लिग२ अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । उपकप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी रहनेछन्।
टोलीमा रोहित र दीपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल अटाएका छन् ।

त्यसैगरी नेपाल क्रिकेट संघले लिग२ लगत्तै स्कटल्यान्डमै आयोजना हुने टी२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडी पनि चयन गरेको छ । टी२० टोलीमा थपिएका खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् ।
नेपालले स्कटल्यान्ड भ्रमणमा लिग२ अघि अभ्यास खेल खेल्नेछ । स्कटल्यान्ड ‘ए’सँग दुई अभ्यास खेल पनि रहेको छ । लिग२ अन्तर्गत नेपालले २ जुन र ८ जुनमा स्कटल्यान्ड तथा ४ जुन र १० जुनमा नेदरल्यान्ड्ससँग खेल्दैछ ।